जलजलामा हत्या गरिएका जिसी दम्पत्तीका परिवारलाई मन्त्री गिरीले भेटे

Gandaki Pardesh notice

बेनी, । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पर्वतको जलजला गाउँपालिका–२ दहमा सोमबार हत्या गरिएका सुर्यबहादुर र गमला जिसीका परिवार तथा आफन्तलाई भेट्नु भएको छ ।

दह स्थित जिसीको घरमै पुगेर मृतकका परिवारका सदस्य, आफन्त र स्थानीयबासीलाई भेटेर समवेदना प्रकट गर्नुभएका मन्त्री गिरीले हत्यामा संलग्नको पहिचान, खोजी र कारबाही गरिने बताउनुभयो । मन्त्री गिरीको साथमा गण्डकी प्रदेशसभा सदस्य भक्त कुँवर पनि दह जानु भएको थियो ।

Shreekrishna hardwear in news


उहाँले हत्या जस्तो जघन्य अपराधमा संलग्न जो सुकैलाई पनि सरकारले नछाड्ने भन्दै परिवारले न्याय जसरी पाउने आश्वासन दिनुभयो । पिडितले न्याय पाउने गरी सुरक्षा निकायलाई अनुसन्धान प्रभावकारी बनाउन निर्देशन दिएको मन्त्री गिरीले बताउनुभयो ।
हत्यामा संलग्नको खोजीका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर र विशेष टोली ल्याएर अनुसन्धान गरिरहेपनि अभियुक्त पक्राउ नपरेको पर्वतको प्रहरी नायव उपरीक्षक खुमलाल भुषालले बताउनुभयो । जिसी दम्पत्तीको सोमबार राती घरभित्रै हत्या भएको थियो ।

Bhautik ministry notice about road


मृतकका परिवारलाई भेटेर फर्कने क्रममा मन्त्री गिरीले साँझ बेनीमा नेकपा एमालेका कार्यकर्ताहरुसँगको भेटघाट गर्नुभयो । उहाँले सरकारले नागरिकमा आशा गराउदै सुशासन र सम्बृद्धिको मुद्दालाई प्राथमिकता दिएको बताउनुभयो ।

‘‘एक डेढ वर्षको अवधिमा जनतामा चरम निराशा छाएको थियो । जनताको चुलो निभ्ने अवस्था सिर्जना भयो,” उहाँले भन्नुभयो “जनतामा रहेको निराशालाई चिरेर आशा जगाउनुपर्ने जिम्मेवारी पुरा गर्न वर्तमान सरकारले प्राथमिकता दिएको छ ।’’

नागरिकले व्यवहारमा शुसासनको महशुस गर्ने वातावरण बनाउन सरकारले भ्रष्ट्राचार नियन्त्रण गर्न निर्मम भएको मन्त्री गिरीले बताउनुभयो । संघीयता र संविधान कार्यान्वयनका लागि कानुन तथा नीति नियम बनाउन संसदलाई बिजनेश दिन खोजेपनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अबरोध सिर्जना गरेको टिप्पणी गर्नुभयो ।

भेटघाट कार्यक्रममा नेकपा एमाले म्याग्दीका उपाध्यक्ष प्रमोद श्रेष्ठले म्याग्दीको विकासका लागि मन्त्री गिरीसँग जिल्लावासीहरुले अपेक्षा राखेको बताउनुभयो । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले कानूनहरुको अभावमा स्थानीय सरकारले प्रभावकारी काम गर्न नसकेको भनाई राख्नुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...