धवालगिरीको खिवाङ गाउँमा गाडी पुग्यो

Shreekrishna hardware

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–४ को खिवाङ गाउँ सडक सञ्जालमा जोडिएको छ ।

धवलागिरी गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधिन जलविद्युत आयोजनाहरुको लगानीमा खिवाङ गाउँमा सडक र यातायात सुविधा पु¥याइएको हो । धवलागिरी गाउँपालिका–४ का वडा अध्यक्ष याम घर्तिमगरले लामो छहरा केङ्की देखी खिवाङ जोड्ने करिब ३ किलोमिटर सडक निर्माण भएको बताउनुभयो ।

“खाम्ला–केङ्की–नाउरा हुदै बगर जोड्ने मुल सडक निर्माण भइरहेको छ,” उहाँले भन्नुभयो “केङ्की देखि खिवाङ जोड्ने शाखा सडक निर्माण कार्य हालै सकिएको हो ।” सडक निर्माण भएपछि खिवाङका १८० घरधुरी लाभान्वित भएका उहाँले बताउनुभयो । सो सडकमा मोटरसाइकल, जिप र ट्याक्टर चल्न थालेका छन् ।

Shreekrishna

६५ मेगावाट क्षमताको म्याग्दीखोला, ५३ मेगावाटको अपर म्याग्दी (१) र ३७ मेगावाटको अपर म्याग्दीखोला जलविद्युत आयोजनाको प्रर्वद्धक कम्पनीहरुको संयुक्त लगानीमा खिवाङलाई सडक सञ्जालले जोडिएको गाउँपालिकाले जनाएको छ ।

Ban devision notice

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले हालसम्म सडक नपुगेको खिवाङ गाउँलाई यातायात सञ्जालमा जोड्न निर्माणाधिन जलविद्युत आयोजनाहरुसँग समन्वय गरिएको बताउनुभयो ।

अपर म्याग्दी जलविद्युत आयोजनाको सामाजिक संयोजक सुरेश घलेले सामाजिक सहयोग कार्यक्रम अन्तगत दुर्गम र विकट गाउँ खिवाङ जोड्ने सडक निर्माण गरेको बताउनुभयो । उहाँका अनुसार १ महिना सम्म १ वटा डोजर परिचालन गरेर सडक निर्माण गरेको उहाँले बताउनुभयो । हाइड्रो इम्पाएर प्रा.ली.का सञ्चालक पूर्ण पुनले अपर म्याग्दीबाट डोजर र आफूहरुले डिजेल व्यवस्थापन गरेको बताउनुभयो ।

गाउँपालिका मार्फत खाम्ला हुदै खिवाङ जोड्ने सडक पनि निर्माणाधिन रहेको छ । सडक निर्माण भएपछि आवत जावत र ढुवानीका लागि सहज भएको स्थानीयबासी सरस्वती पुनले बताउनुभयो । “यसअघि खिवाङबासी गाडी चड्नका लागि करिब ३० मिनेट ओरालो हिडेर खाम्ला र केङ्कीको मुल सडकमा पुग्नुपर्दथ्यो,” उहाँले भन्नुभयो “घोडा, खच्चर र भरिया लगाएर सामान ढुवानी गर्नुपर्ने बाध्यता हटेको छ ।”

बिरामीलाई अस्पताल पु¥याउन, कृषि उपज निकासी, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी गर्न सहज भएको छ । जलविद्युत आयोजनाहरुले नाउरा हुदै बगर गाउँ जोड्ने सडकको मार्ग खोल्ने कामलाई पनि अन्तिम चरणमा पु¥याएका गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...