फलियागाउँबासीले सामुहिक ढिकी घर बनाए

Sinchai Khanipani notice

फलियागाउँ । म्याग्दीको धवलागिरी गाउँपालिका–३ फलियागाउँका बासिन्दाले परम्परागत कुटानीको साधन ढिकीको घर बनाएका छन् । धान, पिठो कुट्न, कोदो, जौ, गहुँ र उवा फल्न प्रयोेग हुने परम्परागत ढिकीको संरक्षणका साथै स्थानीय आवश्यकता पुर्तिका लागि सामुहिक ढिकी घर बनाएका हुन् ।

गाउँका सबैलाई पायक पर्ने ठाउँमा घर बनाई त्यहाँ ढिकी जडान गरेर कुटानी पिसानी सेवा दिएका हुन् । २०० घरधुरीले प्रयोग गर्ने गरि बनाइएको घरमा दुई वटा ढिकी जडान भएको स्थानीय धनजनता माबिका प्रअ पूर्ण भण्डारीले बताउनुभयो ।

Bhautik ministry notice about road

गाउँको कोषमा भएको पैसाले सामग्री खरिद र श्रमदान गरेर घर बनाएका हुन् । ढिकी घर बनाउन प्रतिघर दुई दिनका दरले ढुङ्गा संकलन तथा ढुवानी गर्न श्रमदान गरेका थिए । शेरबहादुर मल्ल, जितबहादुर र नरबहादुर भण्डारीको अगुवाइमा ढिकीघर बनाइएको हो ।

Shreekrishna hardwear in news

ढिकी घर बनाउन ३० हजार रुपैयाँ गाउँको कोषको रकम खर्च भएको छ । पछिल्लो समय धेरै जसोले आफ्नो घरको ढिकी हटाइसकेका छन् । तर कतिपय अवस्थामा कुटानी पिसानीको लागि ढिकी नभै हुदैन् । सामाजिक आवश्यकता अनुसार सबैले प्रयोग र संरक्षण गर्ने गरि ढिकीघर बनाइएको स्थानीय याम भण्डारीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...