सिंगाको पौडेलचोक देखि वडा कार्यालय जोड्ने सडक कालोपत्र शुरु

Gandaki Pardesh notice

सिंगा । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको पौडेल चोक देखि वडा कार्यालय जोड्ने सडक कालोपत्र गर्न थालिएको छ ।

बेनी नगरपालिकाले १७० मिटर लम्बाई र ४ देखि ५ मिटर चौडाईका दरले कालोपत्र गर्न यही चैत १४ गते महाशक्ती माया कन्ट्रक्सनसँग रु. १२ लाख ५० हजारमा ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले मंगलबारदेखि प्रिमिक्स प्रबिधिको कालोपत्र गर्न थालेको वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

“सडकमा नाली बनाउने, सम्माउने र पहिलो चरणको बिटुमीन बिछ्याएपछि कालोपत्र गर्न थालिएको हो,” उहाँले भन्नुभयो “यस वडाको तल्लो तातोपानी बजारमा गत वर्ष र उपल्लो तातोपानी बजारमा हालै सडक कालोपत्र गरिसकिएको छ ।”

उपल्लो तातोपानी बजारमा ३०७ मिटर कालोपत्र र ५० मिटर सडक ढलान गरिएको छ । गत वर्ष तल्लो तातोपानीमा करिब ३०० मिटर सडक कालोपत्र र ढलान भएको थियो । वडा कार्यालय जोड्ने सडकमा हिउँदमा धुलो र बर्षामा हिलोको समस्या थियो । सडक कालोपत्र भएपछि वडा कार्यालयमा आउने सेवाग्राही, स्थानीयबासी र धवलागिरी माविका विद्यार्थीलाई सहज हुने जनाइएको छ ।

निर्माण कम्पनीका प्रतिनिधी प्रकाश बानियाले २०८१ बैशाख ३० गतेसम्मको ठेक्काको म्याद भएपनि १÷२ दिनमै कालोपत्र गरिसक्ने बताउनुभयो । बेनी नगरपालिकाका ईञ्जिनियर दिपेश केसीले कालोपत्रको कामलाई गुणस्तरीय बनाउन निगरानी र अनुगमन गरिएको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...