जनशक्ति अभावमा आइसीयु सञ्चालन हुन सकेन् (भिडियो रिपोर्ट सहित)

Gandaki Pardesh notice

बेनी । जनशक्ती अभावका कारण बेनी अस्पतालमा चार महिनाअघि स्थापना गरिएको सघन उपचार कक्ष (आइसियु) नियमित सञ्चालन भएको छैन् । आइसीयुका उपकरण प्रयोगबिहिन हुँदा नागरिक महँगो रकम खर्चेर जिल्ला बाहिर जान बाध्य छन् ।

गम्भीर अवस्थाका बिरामीको उपचारका लागि एक करोड २५ लाख रुपैयाँको लागतमा गत असारमा दुई वटा भेन्टिलेटरसहित पाँच शैयाको आइसियु कक्ष स्थापना गरिएको थियो ।

एक÷एक जना इन्टरनल मेडिसिन र बेहोस बनाउने डाक्टर (एनएसथीसियोलोजिस्ट) नभएकाले आइसीयु सञ्चालन गर्न नसकेको अस्पतालका निमित्त प्रमुख डाक्टर अमृत अधिकारीले बताए ।

Shreekrishna hardwear in news

‘मेडिकल डाक्टर र स्टार्फ नर्स आन्तरिकरुपमा व्यवस्थापन गरिएपनि नियमित चलाउन थप जनशक्ति आवश्यक परेको हो,’ उनले भने ‘आकस्मिकरुपमा छोटो समयको लागि मात्रै भेन्टिलेटरसहितको आइसियु कक्षमा बिरामीको उपचार गरिएको छ ।’

कोरोना संक्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा रहेका आइसियु र भेन्टिलेटरका उपकरण प्रयोगविहीन बन्ने र अर्कोतर्फ गम्भीर प्रकृतिका बिरामीलाई धेरै पैसा खर्चिएर हेलिकप्टर चार्टर गरि पोखरा, काठमाडौँ पु¥याइएको छ ।

Bhautik ministry notice about road

मिर्गौलाको डायलासिस सेवा पनि सुरु गरेको बेनी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले आइसोलेसनमा समेत सेवा दिनुपर्ने भएकाले थप दुई जना चिकित्सक सहित १० जना जनशक्ति मागेको छ ।

अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले प्रदेश सरकार र विभागले जनशक्ति ब्यवस्थापनमा ढिलाई गर्दा समस्या भएको बताए । ‘मन्त्रालय र बिभागले पठाउन नसके ब्यवस्थापन समितिलाई भर्ना गर्ने अधिकार दिए हुन्थ्यो,’ उनले भने ‘कोरोना फैलिदै गएकाले भेन्टिलेटर र आइसीयु अति आवश्यक भएको छ ।’

म्याग्दीका साथै पर्वतको जलजला गाउँपालिकाका र बागलुङको पश्चिम भेगका बासिन्दाले सेवा लिने ५० शैया क्षमतामा स्तरोन्नति भएको बेनी अस्पतालमा नयाँ भवन निर्माणको क्रममा छ । स्वास्थ्य कार्यालयको भवनको भुइँतलामा आइसीयु र डायलाइसीस कक्ष राखिएको छ ।

बेनी अस्पतालमा दरबन्दि अनुसारका बिशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको अभाव छ । हिमाली जिल्लामा पर्ने म्याग्दीको बेनी अस्पताललाई सरकारले सुगममा राखेको र नम्बरमा पछि पर्ने भएकाले पनि यहाँ आउन डाक्टरले रुचि नदेखाएको समेत अध्यक्ष कटुवालले बताए । अस्पतालमा एक जना मेडिकल सुपरीटेन्डेन्ट, आठ जना विशेषज्ञ र दुई जना मेडिकल डाक्टरको दरबन्दी रित्त छ ।

दुई जना मेडिकल अधिकृत, एक जना डेन्टल अधिकृत, एनएसआइएको तर्फबाट एक जना र करारमा पाँच जना डाक्टर कार्यरत छन् । तीनजना डाक्टरको सरुवा भइसकेको र अन्य केही डाक्टरको समेत सरुवा हुने क्रममा रहेको अस्पतालको प्रशासनले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...