बुद्धिविकास माविमा कम्प्युटर प्रयोगशाला

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा रहेको बुद्धिविकास माविमा कम्प्युटर प्रयोगशाला स्थापना भएको छ ।

ग्रामिण क्षेत्रमा आधुनिक सूचना प्रविधियुक्त शिक्षाको पहुँच बढाउन प्रयोगशाला स्थापना गरिएको हो । एडुटेक नेपाल र क्वालिटी एजुकेशन नेपाल, अस्टे«लीयाको आर्थिक सहयोगमा प्रयोगशाला स्थापना भएको हो । प्रयोगशाला स्थापना गर्न लर्न संस्थाले दाता, गाउँपालिका र दातृ संस्थासँग समन्वय गरेको थियो ।

प्रयोगशाला स्थापनाका लागि संस्थाले २० वटा डेक्सटप कम्प्युटर सहयोग गरेको छ । समुदाय स्तरबाट थप रु. ३ लाखको टेबल र रु. १ लाख २० हजार खर्चमा भवन रंगरोगन, कार्पेट राखेर कम्प्युटर प्रयोगशाला सञ्चालन गरिएको प्रअ जगबहादुर किसानले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

“कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा २४० जना विद्यार्थी छन्,” उहाँले भन्नुभयो “सबै कक्षाका विद्यार्थीलाई कम्प्युटर सिकाउन र कक्षा ४ देखि १० सम्मलाई पढाउन ल्याब स्थापना भएपछि सजिलो भएको छ ।”

प्रयोगशालाको हालै धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले उद्घाटन गर्नुभएको थियो । कम्प्युटर प्रयोगशालाको प्रभावकारी र दिर्घकालिन प्रयोगमा अध्यक्ष पुनले जोड दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगर, सामाजिक विकास समितिका संयोजक देवेन्द्र रोका, वडा नम्बर ४ का अध्यक्ष यामप्रसाद घर्ति, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख ख्यामराज सुवेदी, लर्न संस्थाका कार्यकारी निर्देशक कृष्ण तिलिजा लगायतको उपस्थिति रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य चेतन सिंह घर्तिको अध्यक्षता र प्रअ किसानको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...