मल्लाजको दहका सुर्यबहादुर र गमला जिसीको हत्यामा संलग्नको पहिचान खुलेन्

Gandaki Pardesh notice

अनुसन्धानमा प्रहरीको विशेष टोली र तालिमप्राप्त कुकुर परिचालन

बेनी, पर्वतको जलजला गाउँपालिका–२ दहमा भएको २ जनाको हत्याको अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । घटनास्थल म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर बजार नजिकै पर्छ ।

६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी ६७ वर्षीया श्रीमती गमला जिसीको सोमबार राती हत्या भएको हो । जिसी दम्पत्तीको हत्या सम्बन्धी अनुसन्धानका लागि विशेष टोलीका साथै तालिम प्राप्त कुकुर परिचालन गरिएको पर्वतका प्रहरी नायव उपरीक्षक खुमप्रसाद भुषालले बताए ।

Shreekrishna hardwear in news

‘फरेन्सिक टोली आएर अनुसन्धान थालेको छ । संलगनको पहिचान खुलेको छैन्,’ घटनास्थलमा रहेका उनले भने ‘अनुसन्धानका लागि तालिम प्राप्त कुकुर पनि प्रयोग गरेका छौ ।’ घटना मुचुल्का गरी शवलाई बेनी अस्पतालमा ल्याइएको छ ।

घटनास्थललाई सुरक्षित बनाएर तथ्य प्रमाणहरुको खोजी गरिरहेको छ । साँझ सम्म जिसी दम्पत्तीको हत्या कसले गरेको हो भन्ने पहिचान नभएको र अनुसन्धान जारी गरेको प्रनाउ भुषालले बताए ।

Bhautik ministry notice about road

दम्पत्तीको हत्या गरी घरको ढोकाको बाहिरबाट चाबी लगाएर भागेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । भेट्न आएका आफन्तले घरमा ताला लगाएको र फोन नउठेपछि बेनीको अस्पताल चोकमा फेन्सी ब्यवसाय गर्ने दम्पत्तीका छोरा रविनलाई खबर गरेका थिए ।

करिब ८ बजे रबिन घरमा पुग्दा जिसी दम्पत्ती रगताम्मे अवस्थामा भेटिएका थिए । सुर्यबहादुरको शव खाट र गमलाको भुइमा थियो । शरिरमा धारिलो हतियार प्रयोग गरेको देखिन्छ ।

सुर्यबहादुरले सोमबार राती ९ बजे वडा अध्यक्ष प्रकाश जिसीलाई फोन गरेर घर नजिकै आगलागी भएको जानकारी गराएका थिए । ‘साँझ आगो लागेको खबर गर्नुभएको थियो,’ उनले भने ‘बिहान घरभित्रै मृत भेटिएको खबर पाउँदा छक्क परे । घटना रहस्यमय छ ।’

मल्लाज देखि गलेश्वर जाने पैदलमार्गमा पर्ने सुर्यबहादुरको घर नजिकै छिमेकी छैनन् । जिसीका माइला र कान्छा छोरा रोजगारीको लागि दक्षिण कोरीयामा छन् ।

जेठा छोरा रविनले बेनीमा फेन्सी व्यवसाय गर्छन् । जिसी दम्पत्तीले गाउँमै खेती किसानीका साथै किराना पसल गरेर बसेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...