म्याग्दीको गुर्जा गाउँ जोड्ने सडक निर्माण शुरु

Gandaki Pardesh notice

बेनी, भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा जोड्ने सडक निर्माण शुरु भएको छ ।

अल्पसंख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको ६ वटा स्थानीय तहका ४५ मध्य सडक यातायातको सुविधा नपुगेको १ मात्र वडा हो । लुलाङ देखि गुर्जा जोड्ने सडक निर्माण आयोजना शुरु भएको धवलागिरी गाउँपालिका–१ का वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा संघीय, गण्डकी प्रदेश सरकार र धवलागिरी गाउँपालिकाले रु. २÷२ करोडका दरले बजेट बिनियोजन गरेको लुलाङ–गुर्जा सडक योजनाका लागि रारा तेन्जिन कन्ट्रक्सनले रु. ३ करोड ८० लाखमा ठेक्का सम्झौता गरेको छ । तीनै तहको बजेट गाउँपालिकाले कार्यान्वयन गरेको धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

गत फागुन महिनामा सम्झौता भएको योजना आगामी २०८१ असार २० गते सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिकाका ईञ्जिनियर लोकेन्द्र रावलले बताउनुभयो । “२ वटा डोजर परिचालन गरेको ठेकेदार कम्पनीले लुलाङ तर्फबाट करिब ९०० मिटर सडकको मार्ग खोल्ने काम सकिसकेको छ,” उहाँले भन्नुभयो “२ लाख ५ हजार घनमिटर माटो कटिङ गर्ने सम्झौता अनुसार देउराली डाडा सम्म करिब ६ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य रहेको छ ।”

गाउँपालिकाको केन्द्र मुना हुदै वडा नम्बर –२ लुलाङ सम्म सडक पुगिसकेको छ । गत वर्ष गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा लमसुङ देखि लुलाङ हुदै ४ किलोमिटर ४०० मिटर सडकको मार्ग निर्माण भएको थियो ।

देउराली देखि गुर्जातर्फ पनि सडक निर्माणका लागि आगामी बर्षको बजेटमा पनि योजना समेट्नका लागि प्रदेश र संघीय सरकारसँग पहल गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले बताउनुभयो ।

एउटै बस्ती एकै वडामा समेटिएको २६५ घरधुरी रहेको गुर्जाको जनसंख्या एक हजार ५०५ जना छ । खानी उत्खनन्का लागि आएका छन्त्याल र दलित समुदायले गुर्जामा बस्ती बसाएका इतिहाँस छ । सडकको पहुँच नहुँदा खच्चड, घोडा र भरिया मार्फत खाद्यान्न तथा निर्माण सामग्री ढुवानी गर्दा खर्च महँगो लाग्ने गरेको छ । बिरामीलाई अस्पताल पु¥याउन हेलिकप्टर चार्टर गर्नुपर्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...