बिममा पक्कि पदमार्ग निर्माण

Gandaki Pardesh notice

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाडागाउँमा पक्कि पदमार्ग निर्माण भएको छ ।

गाउँको सौन्दर्यकरणका लागि बस्ती भित्रको कच्चि पैदलमार्गलाई ढलान गरेर पक्कि बनाइएको हो । पक्की पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या हट्नुका साथै गाउँ सफा सुग्घर भएको डाडागाउँका टुकमान जुग्जालीले बताउनुभयो ।

“उकालो, ओरालोमा हिडडुल गर्दा चिप्लिएर लड्ने, भारी बोकेर हिड्न गाहे भएको थियो,” उहाँले भन्नुभयो “पक्की पदमार्गले गाउँलाई सफा र स्थानीयबासीलाई सहज बनाएको छ ।” पदमार्ग बनेपछि बिम र डाडागाउँमा ३०० भन्दा बढी घरधुरी लाभान्वित भएका छन् ।

Shreekrishna hardwear in news

गण्डकी प्रदेशसभा सदस्य तथा निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले बजेट बिनियोजन गर्नुभएको योजना पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत कार्यान्वयन भएको हो ।

Bhautik ministry notice about road

पक्की पदमार्ग बनेपछि बालबालिका र जेष्ठ नागरिकहरुलाई आवत जावत र डिडडुल गर्न सहज भएको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा बिनियोजन गरेको रु. ३० लाख बजेटबाट पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष शरणकुमार जुग्जालीले बताउनुभयो ।

“बिम तल्लो गाउँमा ४२५ मिटर र डाडागाउँमा २५० मिटर पदमार्ग बनाएका छौ,” उहाँले भन्नुभयो “तेर्सोमाढुंगा बिछ्याएर र उकालोमा सिढी चिनेर ढलान गरिएको छ ।” १ दशमलब १० मिटर देखि १ दशमलब २० मिटर फराकिलो पदमार्ग निर्माण भएको छ । पदमार्गमा मोटरसाइकल र साइकल पनि हिडाउन सकिन्छ ।

माटे पदमार्गमा बर्षात हुँदा हिलो र सुख्खामा धुलोको समस्या थियो । ढलान गरेको पदमार्ग सरसफाई गर्न सहज भएको छ । बिम र डाडागाउँ धार्मिक पर्यटकीय स्थल मालिका र प्रभु चेला धुरीको फेदीका बस्ति हुन् । बिममा किसानी प्राविधिक शिक्षा पनि सञ्चालनमा छ ।

मालिका र प्रभुचेला जाने पर्यटक तथा भक्तजनहरु बसोबास गर्ने बिम र डाउगाउँको पृष्ठभूमिमा गुर्जा हिमालको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । सरसफाईमा नमुना बनाउने उद्देश्यले गाउँभित्रको पैदलमार्गलाई पक्की बनाउन बजेट बिनियोजन गरेको स्थानीयबासी समेत रहनुभएका गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले बताउनुभयो ।

जुग्जालीले खारा–बिम सडक स्तरोन्नतिका लागि रु. २० करोड बजेट स्रोत सुनिश्चितता भएको र सो योजनाबाट बिम र गाउँगाउँको बस्ति भित्रको सडकलाई कालोपत्र गरिने बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...