तोरीपानीमा पश्चिम नेपालको सदस्य शिक्षा कार्यक्रम

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिका– ९ तोरीपानीमा पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

बेनी सदस्य सेवा केन्द्र अन्र्तगत तोरीपानी र आसपासकाका क्षेत्रका सेयर सदस्यहरुलाई चैत १७ गते शनिबार संस्थाको इतिहाँस, अवस्था, योजना, बचतका फाइदा, ऋणको सदुपयोगका उपाय लगायतका विषयमा प्रशिक्षण दिइएको हो ।

Bhautik ministry notice about road

संस्थाका उपाध्यक्ष हरिप्रसाद पौडेलको अध्यक्षता र सचिव कृष्णप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा बेनी सेवा केन्द्रका संयोजक तथा सञ्चालक दामोदर शर्माले स्वागत गर्नुभएको थियो । कार्यक्रममा गलेश्वर मावि तोरीपानीका प्रअ गणेशबहादुर बानियाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

संस्थाका उपाध्यक्ष हरिप्रसाद पौडेलले सहकारीका मूल्य मान्यता, अन्तराष्ट्रिय अभ्यास, मार्गदर्शनको बारेमा जानकारी गराउनुभयो । आर्थिक प्रशासन प्रमुख मेघराज शर्माले पनि सहजिकरण गर्नुभएको थियो ।

६ हजार ३२९ जना सदस्य रहेको संस्थामा रु. १२ करोड ७१ लख ४४ हजार ६०० सेयर पुजि रहेको छ । रु. फागुन मसान्तसम्म रु. ६५ करोड ८७ लाख २८ हजार ९२७ बचत र रु. ६९ करोढ ८२ लाख ७२ हजार ५४० ऋण लगानी रहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...