कला र संस्कृति जगेर्ना गर्ने भुरुङ्ग–तातोपानीको वडा कार्यालयको प्रयास

Gandaki Pardesh notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीमा पुर्खौली नाच प्रतियोगिता आयोजना गरिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको २ नम्बर वडा कार्यालयले भूमे पुजा २०८१ को अवसरमा वैशाख १३ देखि १५ गते सम्म पुर्खौली नाच प्रतियोगिता आयोजना गरेको हो ।

भुरुङ्ग तातोपानीका वडा अध्यक्ष ओम प्रकाश फगामीले मगर समुदायको मौलिक लोक संस्कृति जगेर्ना गर्ने उद्देश्यले पुर्खौली नाच प्रतियोगिता आयोजना गरेको बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रतियोगिताको तयारी तिब्र बनाइएको र यही चैत २० गतेसम्म टिम दर्ताको समय रहेको वडा अध्यक्ष फगामीले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई ट्रफी, प्रमाणपत्र र समूहगत प्रमाणपत्र सहित रु. ८५ हजार नगद पुरस्कार प्रदान गरिने भएको छ । प्रथम उपबिजेतालाई रु. ६० हजार, दोस्रो उपबिजेतालाई रु. ४५ हजार र सहभागी प्रत्येक टिमलाई रु. १५ हजार नगद प्रदान गरिने भएको छ ।

उत्कृष्ट मादले, मारुनी, उत्कृष्ट हाइ मार्ने समूह, उत्कृष्ट भाका तथा शब्द, पोशाक र अनुसाषित समूहलाई रु. ५÷५ हजार नगद प्रदान गरिने भएको छ । मगर समुदायको जन्म, मृत्यु, बिवाह, छेवार, सभा, समारोहमा पुर्खौनी नाच प्रर्दशन गर्ने चलन छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...