बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र

Shreekrishna hardware

बेनी, राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक योजना अन्र्तगत म्याग्दीको तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र भएको छ ।

तिप्ल्याङ–महभिर–भिरकाटे–बैसरी–रातोपानी–पोखरेबगर– भुरुङ्ग तातोपानी खण्डमा थप ६ किलोमिटर सडकमा डिबिएसडी प्रबिधिको कालोपत्र भएको हो । वि.स. २०७४ मा शर्मा युनाइटेड जेभीले म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाट देखि अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको नागढुङ्गासम्मको १९ किलोमिटर खण्डको सडक कालोपत्र गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनासँग रु. ६६ करोडमा ठेक्का सम्झौता गरेको थियो ।

ठेकेदार कम्पनी शर्मा–युनाइटेडका साइट ईञ्चार्ज रमेश सुवेदीले बेगखोला, महभिर, बैसरी, रातोपानी, पोखरेबगर र तातोपानी बजार क्षेत्रमा दोस्रो चरणको कालोपत्र गर्ने काम सकिएको बताउनुभयो । “तिप्ल्याङ–बेगखोला खण्डमा थप करिब २ किलोमिटर सडक पनि यही चैत महिनाभित्रमा कालोपत्र गर्नका लागि तयार बनाएका छौ,” उहाँले भन्नुभयो “बेगखोला देखि तलको खण्डमा पहिरो ग्रस्त बाहेकका ठाउँमा चालु आर्थिक वर्ष भित्रनै कालोपत्र गरिसक्ने लक्ष्य छ ।”

Shreekrishna
default

पहिलो चरणको चिप्स र बिटुमुनी बिछ्याइएको तिप्ल्याङ देखि कालीओडार सम्म दोस्रो चरणमा बिछ्याउने र कालीओडार–बेगखोला तर्फ पहिलो चरणमा बिटुमीन बिछ्याउने तयारी गरिएको सुवेदीले बताउनुभयो । बेगखोला देखि राहुघाट गलेश्वर तर्फको खण्डको ८ किलोमिटर मध्य कुनौटो–बैसरी खण्डमा २ वर्षअघि ३ किलोमिटर कालोपत्र भएको थियो ।

Ban devision notice

सडकलाई ११ मिटर फराकिलो बनाएर नाली, टेवा पर्खाल लगायतका संरचना तयार भएपछि कालोपत्र गरिएको हो । बेनी–जोमसोम–कोरला सडक योजनाका सुचना अधिकारी बिष्णु चापागाईका अनुसार राहुघाट–तातोपानी खण्डमा ९३ प्रतिशत भौतिक प्रगति भएको छ ।

मुख्य ठेकेदारले काम नगरेर सहायकलाई ठेक्का दिएको, प्रतिकुल भूगोल, विपद् र कोरोना महामारीका कारण यो खण्डमा सडक निर्माण कार्य वि.स. २०७७ हिउँददेखी सुस्ताएको थियो । धरौटी जफत, ठेक्का तोड्ने र कालोसूचीमा राखेर कारबाही गर्ने प्रक्रीया अघि बढाएपछि ठेकेदार काममा फर्किएर कालोपत्र गर्ने कामलाई गति दिएको बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख ध्रुवकुमार झाले बताउनुभयो ।

यो खण्डमा विभिन्न स्थानमा करिब ४ किलोमिटर पहिरो स्थल भएकाले ग्राभेल गर्ने, महभिरमा कडा पहाड भएकाले सुरुङ निर्माण गर्ने योजना बनाएको र तातोपानी कुण्डको केही भागमा वैकल्पिक सडक निर्माण गर्नुपर्ने भएकाले ठेक्काबाट हटाइको छ । कालोपत्र भइसकेको बैसरी र सिरुवारी क्षेत्रमा ठूलो पहिरो खसेकाले जोखिम बढाएको छ ।

भारत र चिनलाई जोड्ने ४३५ किलोमिटर दुरिको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको लाइफ लाइन (भाग्यरेखा) मानिएको छ । पर्वतको मालढुुङ्गा देखि म्याग्दी हुदै मुुस्ताङ स्थित चीनको सिमाना कोरला नाका जोड्ने २०२ किलोमिटर दुुरिको सडक दुुई लेनको कालोपत्र र ग्राभेल बनाउन वि.स. २०७३÷०७४ देखि शुुरु भएको योजनाको हालसम्म ७८ प्रतिशत भौतिक प्रगति भएको छ ।

६ वटा खण्डमा ८५ किलोमिटर ग्राभेल र ४८ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ । यस सडकमा १३ वटा पक्की पुल र तीनवटा बेलीब्रिज निर्माण भएको छ । ६ ठाउँमा मोटरेबल पुल निर्माणाधिन छन् । सडकले पुर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत, पर्यटन र धार्मिक स्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...