जेसिजकर्मीलाई भाषणकला तालिम

Gandaki Ghumau

बेनी, । म्याग्दी जेसिजका पदाधीकारी र सदस्यहरुलाई शनिबार गलेश्वरमा प्रभावकारी भाषणकला तालिम दिइएको छ ।

जेसिजकर्मीहरुको क्षमता र नेतृत्व विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । नेपाल जेसीजका पुर्व अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, म्याग्दी जेसिजका पुर्व अध्यक्ष बिनयकुमार श्रेष्ठ र खम थापाले तालिमको सहजिकरण गर्नुभएको थियो ।

Gunasthariya Shiksya

म्याग्दी जेसिजका शाखा अध्यक्ष दिनेश बानियाको अध्यक्षता, कार्यकारिणी उपाध्यक्ष कृष्णप्रसाद पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा म्याग्दी जेसिजका संस्थापक अध्यक्ष तथा बेनी नगरपालिका–७ का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठ पनि अतिथिको रुपमा सहभागि हुनुभएको थियो ।

Shreekrishna

तलिमको उद्घाटन सत्रको कार्यक्रम धनमाया श्रेष्ठ र समापन कार्यक्रम सज्जन श्रेष्ठले सञ्चालन गर्नुभएको थियो । युवाहरुको नेतृत्व तथा क्षमता विकासका साथै विभिन्न सामाजिक गतिबिधि गर्दै आएको जेसिजले वार्षिक रुपमा सदस्यहरुको लागि भाषणकला तालिम सञ्चालन गर्दै आएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...