मिलनचोक–सल्यान खण्डको सडक कालोपत्र गर्न थालियो

Add Samajik bikash office

बेनी, । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–७ धाइरीङको मिलनचोक–सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी सडक आयोजनाको मिलनचोक–सल्यान खण्डमा कालोपत्र गर्न थालिएको छ ।

निर्माण कम्पनी हिमदुङ एण्ड थोकरले शनिबार सल्यान देखि मिलनचोक तर्फ कालोपत्र गर्न प्राइम कोट बिछ्याउन थालेको हो । पहिलो दिन १ किलोमिटर सडकमा प्राइमकोट बिछ्याएको निर्माण कम्पनीका आयोजना व्यवस्थापक दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

मिलनचोक देखि सल्यान सम्म ३ दशमलब ५ किलोमिटर सडक कालोपत्र गर्न लागिएको उहाँले बताउनुभयो । धाइरीङको पहिरो भन्दा माथिदेखि घाखेत– ठाट्नेरी तर्फ पनि संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको र चालु आर्थिक वर्ष भित्रनै कालोपत्र गर्ने तयारी गरेको आयोजना व्यवस्थापक श्रेष्ठले बताउनुभयो ।

Shreekrishna hardwear in news

मिलनचोक देखि ठोड्नेरी जोड्ने १० किलोमिटर दुरीको सडक स्तरोन्नति र कालोपत्र गर्न वि.स. २०७६ मंसिर ६ गते रु. २८ करोड १३ लाखमा हिमदुङ एण्ड थोकर प्रालीले ठेक्का सम्झौता गरेको थियो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय मार्फत सञ्चालित यो सडक वि.स. २०७८ मंसिर ५ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

Bhautik ministry notice about road

निर्माण कम्पनीलाई धरौटी जफत गरि ठेक्का तोड्ने र कालोसूचिमा राखेर कारबाही गर्ने तयारी भएपछि दुई वर्षदेखि अलपत्र योजनाको कामले तिब्रता पाएको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो ।

५ मिटर २५ सेन्टिमिटर चौडाइमा डिबिएसटी कालोपत्रे हुने सडक सात मिटर फराकिलो र नाली निर्माण गर्ने कामले गत मंसिर महिनादेखि तिब्रता पाएको थियो । जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले सडक कालोपत्र हुन थालेपछि स्थानीयबासी उत्साही भएका बताउनुभयो ।

स्थानीयबासी र जनप्रतिनिधिहरुले सडक निर्माणमा भएको ढिलाईप्रति खवरदारी र दवाव दिएका थिए । अधिकांश भागमा विस्तार, ग्रेड मिलाउने, घुम्ती सुधार गर्ने, नाली बनाउने काम सकिएको सडकको मिलनचोक देखि सल्यान खण्डमा ग्राभेल समेत गरेर कालोपत्र गर्न थालिएको हो ।

निर्माण कम्पनीका प्रतिनिधि समेत रहनुभएका जलजला गाउँपालिकाका पुर्व अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले कोरोना महामारी, कमजोर भूगोल, पहिरो, नदीजन्य निर्माण सामग्रको अभाव र सामाजिक समस्याका बावजुद नोक्सान ब्यहोरेर भएपनि सडक निर्माणको जिम्मेवारी पुरा गर्न लागेको बताउनुभयो ।

यो सडक धाइरीङका एक हजार भन्दा बढी घरधुरीले प्रयोग गर्छन् । धाइरीङमा उत्पादीत तरकारी निकासी, भुमे ठाकुर र जलजला जाने आउने पर्यटक तथा भक्तजनलाई सहज अपेक्षा गरिएको छ ।यो सडकको हालसम्म ५५ प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालय पर्वतका ईञ्जिनियर जिता गिरीले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...