गलेश्वरमा स्त्रीरोग सम्बन्धी शिविर

Gandaki Pardesh notice

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा शनिबार स्त्रीरोग सम्बन्धी निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

बेनी अस्पताल र बेनी नगरपालिकाको सहयोगमा गलेश्वरधाम आमा समूहले गलेश्वर स्वास्थ्य इकाईमा शिविरको आयोजना गरेका हुन् । शिविरमा ८५ जना लाभान्वित भएका गलेश्वरधाम आमा समूहका उपाध्यक्ष बिन्दु कार्की पुर्जाले जानकारी दिनुभयो ।

बेनी अस्पतालका प्रमुख स्त्रीरोग विशेषज्ञ डा. अञ्जु थापाको नेतृत्वमा, नर्सीङ अधिकृत खेमकुमारी पन्त, नर्सिङ निरिक्षक मनदेवी गौतम, अनमी भविना थापाको टोलीले स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी वितरण सम्बन्धी सेवा दिनुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पाठेघरको मुखको क्यान्सरको स्कृनिङ, रिङ, प्रेसरी राख्ने र स्त्री रोग सम्बन्धी अन्य समस्या भएकाहरुलाई परामर्श सम्बन्धी सेवा दिइएको अस्पतालका प्रमुख थापाले बताउनुभयो । शिविरको उद्घाटन गर्नुहुदै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले मुख्य चुनौतिका रुपमा देखिएका नसर्ने रोग न्युनीकरण गर्न सचेतना वृद्धि र रोगको पहिचान गरि समयमै उपचारको व्यवस्था मिलाउन जोड दिएको बताउनुभयो ।

गलेश्वरधाम आमा समूहका अध्यक्ष फुलकुमारी रोकाले जेष्ठ नागरिक आश्रमका वृद्धा र गलेश्वर तथा आसपासका बस्तिका महिलाहरुलाई लक्षित गरेर शिविर आयोजना गरिएको बताउनुभयो । शिविर उद्घाटन कार्यक्रमको सञ्चालन समूहकी सचिव निशा जिसीले गर्नुभएको थियो । समूहले गत वर्षपनि निशूल्क स्त्रीरोग सम्बन्धी शिविर आयोजना गरेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...