बेनीको सेवा र बजार बुधबारदेखि खुल्ने, चार जना संक्रमित थपिए

Sinchai Khanipani notice

बेनी । कात्तिक १४ गतेदेखि बन्द बेनीको सेवा र बजार बुधबार ११ दिनपछि खुल्ने भएको छ ।

बेनी नगरपालिकाको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालय, म्याग्दीले एक सूचना जारी गर्दै कात्तिक २५ गते रातीदेखि बन्द खुलाउने जनाएको हो । लक्षण सहितका कोरोना संक्रमित भेटिएपछि नगरपालिकाको सिफारिसमा कात्तिक १४ गतेदेखि एक हप्ताको लागि गरिएको बन्दलाई २८ गतेसम्म लम्बाइएको थियो ।

बेनी नगरपालिकाले जोखिममा रहेको बेनी बजारमा घरदैलो गरेर कोरोनाको जोखिम पहिचानका बिषयमा तयार पारेको प्रतिबेदन सहितको सिफारिसका आधारमा बन्द खुलाउने निर्णय भएको सहायक प्रजिअ माया कुँवरद्धारा जारी सूचनामा उल्लेख छ ।

Shreekrishna hardwear in news

कोरोना फैलिन नदिनका लागि बेनी नगरपालिका, वडा, बैंक, बित्तिय र सहकारी संस्थाको सेवाका साथै बजारका पसलहरु बन्द गरिएको थियो । आइतबार र सोमबार बेनी नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको टोलीले बेनीमा कोरोना संक्रमणको अवस्था प्रवृति, लक्षण सहितका संक्रमितको जाँचपडताल र जनस्वास्थ्य मापदण्ड पालनाको बिषयमा घरदैलो गरेको थियो ।

५८१ घरको तीन हजार ९९० जनासँग भेटघाट गर्ने पहिचान भएका १३ जना कोरोना संक्रमणसँग मिल्ने लक्षण भएकाको नमुना संकलन गरि पिसिआर परिक्षणका लागि पठाएको र होम आइसोलेशनमा राखिएको नगरपालिकाको स्वास्थ्य शाखा संयोजक लीला गौतमले बताउनुभयो ।

घरदैलो गरेको टोलीको प्रतिबेदनको आधारमा नगरपालिकाले बजारमा कोरोना नियन्त्रणमै रहेको ठहर सहित जनजिवनलाई सहज र आर्थिक गतिबिधिलाई चलायमान गर्न स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर बन्द खोल्न सिफारिस गरेको थियो ।

प्रशासनले भिड ब्यवस्थापन, दुरि कायम, स्यानीटाइजर, मास्कको प्रयोग तथा हात धुने ब्यवस्था सहित बजार तथा सेवा खुलाएको हो । तिहारको अवसरमा देउसीभैलो खेल्न, मेला महोत्सव, भेला गर्न रोक लगाइएको प्रशासनले परिवारका सदस्य मात्रै भएर पर्व मनाउन नागरिकलाई आग्रह गरेको छ ।

Bhautik ministry notice about road

मंगला गाउँपालिकाले मंसिर १ गते र मालिका गाउँपालिकाले २६ गते सम्मलाई गरेको सेवा तथा बजार बन्दलाई यथावत राखेका छन् । बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले कात्तिक १९ देखि गरेको बजार तथा सेवा बन्दलाई कोरोना संक्रमित पहिचान हुने दर बढेकाले कात्तिक २८ गतेसम्म लम्बाएको जनाएको छ ।

यसैबीच बेनीमा मंगलबार एक जना जनप्रतिनिधि सहित चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य बेनी नगरपालिका–८ का २६ वर्षीय पुरुषलाई उपचारका लागि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रिफर गरिएको स्वास्थ्य कार्यालय, म्याग्दीले जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालका अनुसार बेनी नगरपालिका–६ का ६५ वर्षका, वडा न. २ का १५ वर्षका र पर्वत ठेगाना भई बेनी अस्पतालमा कार्यरत ३० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमितको कन्ट्याक्ट टे«सिङमा परेका र शंकास्पद बिरामीको कात्तिक २२ गते १४ वटा स्वाब नमुना संकलन गरेर परिक्षणका लागि पोखरा पठाइएको थियो । म्याग्दीमा हालसम्म ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला बाहिर संक्रमण पुष्टि भएका म्याग्दीका ११ जनाको औपचारिक र ७ जनाको अनौपचारिक जानकारी छ ।

म्याग्दीबाट हालसम्म दुई हजार १० वटा स्वाबको नमुना परिक्षणका लागि पठाइएकोमा एक हजार ९७६ वटाको नतिजा आएको छ । ३४ वटा नमुनाको रिपोर्ट आउन बाँकी छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...