बेगखोलाको मोटरेबल पुल लक्ष्य अघिनै तयार

Gandaki Pardesh notice

बेनी, राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर, बेनी–जोमसोम–कोरला सडक अन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा लक्ष्य अघिनै मोटर चल्ने पक्कि पुल निर्माण भएको छ ।

ढिलासुस्तिका कारण विकास आयोजना अलपत्र र अधुरा बनिरहेको अवस्थामा सडक विभागको पुल महाशाखा मार्फत सञ्चालित बेगखोला मोटरेबल पुल लक्ष्य अघिनै सम्पन्न हुन लागेको हो ।
७० मिटर लामो डबल स्पाम भएको पुल निर्माणका लागि बि.स. २०७८ असार २९ गते बिओकेआई÷हिमालयन जेभी र सडक विभागको पुल महाशाखाको पश्चिम सेक्टर कार्यालयबीच भ्याट सहित रु. ८ करोड ३० लाख ६८ लाख ४७३ मा ठेक्का सम्झौता गरेको थियो ।
हिमालयन ईञ्जिनियरीङका ईञ्जिनियर आभाश सापकोटाले बि.स. २०८१ असार मसान्तसम्मको ठेक्काको म्याद भएपनि हस्तान्तरण गर्ने तयारी गरेको जानकारी दिनुभयो । “गत असोज महिनादेखि पुलमा सवारी साधन वारपार गर्न थालेका थिए,” उहाँले भन्नुभयो “३५० मिटर लामो पहुँचमार्ग निर्माण सकिएको छ । कालोपत्र गरेर आगामी वैशाख १५ गतेभित्र हस्तान्तरण गर्ने तयारीमा छौ ।”

default
Shreekrishna hardwear in news

पुल महाशाखाको पश्चिम सेक्टरका इञ्जिनियर आशिक रिजालका अनुसार ११ मिटर चौडाई भएको पुल डिजाइन एण्ड बिल्ड (निर्माण ब्यवसायीले आफै डिजाईन र निर्माण गर्ने) मोडलमा ठेक्का सम्झौता भएको थियो ।

Bhautik ministry notice about road

डिजाईन तयार पार्न एक वर्ष लागेपनि आर्थिक रुपमा असहज अवस्थाका बावजुद पर्याप्त निर्माण सामग्री व्यवस्थापन, मजदुर र उपकरण परिचालन गरेर लक्ष्य अघिनै पुल निर्माण गर्न सफल भएको ईञ्जिनियर सापकोटाले बताउनुभयो ।

बि.स. २०७३ भदौ १७ गतेको बाढीले बेगखोलामा एक जना मानिस, ११ वटा घर, बेलिब्रिज र झोलुङ्गे पुल बगाएपछि बर्खायाममा बाढी आउँदा यातायात आवत जावत बन्द हुने र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो ।

रघुगंगा गाउँपालिका–१ का वडा सदस्य बलमान गौचनले पुल बनेसँगै बेगखोलामा बाढी आएको अवस्थामा यातायात आवत जावत बन्द हुने र जोखिम मोलेर वारपार गर्नुपर्ने समस्या हटेको बताउनुभयो । निर्माण व्यवसायीले इच्छाशक्ति देखाउने हो भने विकास आयोजनामा हुने ढिलासुस्ति हटाउन सकिने सन्देश बेगखोलाको पुलले दिएको उहाँको भनाई छ ।

पुल महाशाखाले बेनी–जोमसोम–कोरला सडक अन्र्तगत महभिर र पोखरबगर स्थित कालीगण्डकीमा यसअघि २ वटा मोटरेबल पुल निर्माण गरेको छ । रु. १९ करोडको लागतमा महभिरमा ८० मिटर र पोखरेबगरमा ७० मिटर लामो पुल निर्माण भएको हो ।

गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर अन्तरगत बेनी देखि कोरला नाका जोड्ने सडकमा १३ वटा पक्की पुल र तीनवटा बेलीब्रिज निर्माण भएको छ । ६ ठाउँमा मोटरेबल पुल निर्माणाधिन छन् ।
२०२ किलोमिटर दुरिको बेनी–जोमसोम–कोरला सडक योजना अन्तरगत सेतोखोलामा थप एक वटा मोटरेबल पुल निर्माण शुरु भएको आयोजना प्रमुख धु्रब झाले बताउनुभयो । यो सडकले गण्डकी प्रदेशको पुर्वाधार, आर्थिक, ब्यापारीक, जलविद्युत, पर्यटन र धार्मीक स्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...