मगरदाङकी रुपीसराले व्यक्तिगत लगानीमा कल्भर्ट पुल बनाउनुभयो

Gandaki Pardesh notice

बेनी, म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङमा एक जना वृद्धाले सामाजिक सुरक्षा भत्ता वापत पाएको रकमबाट पुल निर्माण गर्नुभएको छ ।

मगरदाङकी ८७ वर्षीय रुपीसरा फगामीले डाडागाउँ खोल्सामा व्यक्तिगत लागतमा ७ मिटर लामो ढलान गरेको कल्भर्ट पुल निर्माण गर्नुभएको हो ।

मगरदाङका बासिन्दा भकबहादुर घर्तीमगरले फगामीले रु. ५ लाखको लागतमा पुल निर्माण गरिदिनु भएको जानकारी दिनुभयो । सरकारबाट पाउने सामाजिक सुरक्षा भत्ताको रकम परिचालन गरेर पुल बनाउनुभएको हो । सरकारले एकल महिला र जेष्ठ नागरिकलाई मासिक रु. ४ हजारका दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउछ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

दिवंगत श्रीमान कलबिर फगामीको स्मृतिमा रुपीसराले निर्माण गर्नुभएको पुलको शनिबार वडा सदस्य धनबहादुर फगामीले उद्घाटन गर्नुभएको थियो । पुल उद्घाटनका अवसरमा मगरदाङ आमा समुह र मालिका देविस्थान बाजा समूहले रुपीसरालाई फुलमाला र प्रमाणपत्रले सम्मान गरेका छन् ।

सो पुलबाट मगरदाङका करिब २५० घरधुरी लाभान्वित भएका छन् । बर्खामा खोल्सामा बाढी आउँदा जोखिम खोलेर वारपार गर्नुपर्ने समस्या हटेको छ । फजुल खर्च बचाएर श्रीमानको नाममा सामाजिक र विकास निर्माणको काममा परिचालन गरेर रुपीसराले उदाहरण प्रस्तुत गर्नुभएको वडा सदस्य फगामीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...