जेसीजको ट्राफिक सचेतनामुलक कार्यक्रम

Gandaki Pardesh notice

बेनी, । म्याग्दी जेसीजले शुक्रबार बेनीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा भएको कार्यक्रममा विद्यार्थी, सवारी चालक र सर्वसाधारणलाई दुर्घटना न्युनीकरण र ट्राफिक नियम पालनाको विषयमा जानकारी गराइएको थियो ।

Bhautik ministry notice about road

जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजन केसीले ट्राफिक नियमको बारेमा प्रशिक्षण दिनुभएको थियो । बेनी बजारमा ¥याली गरेर सर्वसाधारण र सवारी चालकहरुलाई पर्चा वितरण गरिएको थियो ।

Shreekrishna hardwear in news

म्याग्दी जेसीजका अध्यक्ष दिनेश बानियाको अध्यक्षता, बेनी नगरपालिका–७ का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठको प्रमुख आतिथ्यता, वडा नम्बर ८ का अध्यक्ष उत्तम कर्माचार्यको आतिथ्यतामा कार्यक्रम भएको थियो ।

म्याग्दी जेसीजका कार्यकारिणी उपाध्यक्ष कृष्णप्रसाद पौडेलले स्वागत गर्नुभएको कार्यक्रमको संयोजक कपिल बानियाले सञ्चालन गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...