शिख माविमा कम्प्युटर विज्ञान विषयको कक्षा सञ्चालन गर्न प्रवासीको सहयोग

Gandaki Pardesh notice

शिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिख नमुना आवासीय माध्यमिक विद्यालयमा कम्प्युटर विज्ञान विषयको पठनपाठन सञ्चालनका लागि प्रवासीले रु. तेह् लाख सहयोग जुटाएका छन् ।

आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा सञ्चालन गर्न लागिएको कम्प्युटर विज्ञान विषयको पठनपाठनका लागि शिख घर भई हाल बेलायतमा बसोबास गर्नुहुने दानबहादुर गर्बुजाको संयोजनमा सो सहयोग जुटेको हो । गर्बुजा शिख्तानी समाज युकेका पुर्व अध्यक्ष हुनुुहुन्छ । विद्यालयका प्रअ केदार कार्कीले प्रवासीले सहयोग जुटाएर कम्प्युटर खरिद गरेर उपलब्ध गराउन थालेका बताउनुभयो ।

“ग्रामिण क्षेत्रको विद्यालयमा प्रविधिमैत्री आधुनिक शिक्षा प्रदान गर्ने उद्देश्यले कम्प्युटर विज्ञान विषयको पठनपाठन सञ्चालनको तयारी गरेका छौ,” उहाँले भन्नुभयो “विदेशमा रहनुभएका विद्यालयका पुर्व विद्यार्थी, अभिभावक र शुभचिन्तकहरुले २० थान डेक्सटप कम्प्युटर खरिद गर्नका लागि रु. १३ लाख जुटाउनुभएको छ ।”

Shreekrishna hardwear in news

घनश्याम तिलिजा, लालबहादुर पाईजाका परिवारले शुक्रबार ४ थान कम्प्युटर विद्यालयलाई हस्तान्तरण गर्नुभयो । पोखराबाट थप १६ थान कम्प्युटर ल्याएर विद्यालयलाई केही दिनमै हस्तान्तरण गर्ने तयारी गरिएको छ ।

Bhautik ministry notice about road

शिख उपल्लोस्वारा घर भई हाल बेलायत निवासी घनश्याम तिलिजाको परिवारबाट ३ थान डेक्सटप कम्प्युटरको लागि रु. १ लाख ९५ हजार, विद्यालयको अतिरिक्त क्रियाकलाप कोषलाई रु. २ लाख नगद सहित ४ थान भलिबल, बास्केटबल र १ थान नेट गरि कुल रु. २ लाख ३६ हजार सहयोग गर्नुभएको छ ।

शिख मुलपानी घर भई हाल बेल्जियम निवासी लालबहादुर पाईजाको परिवारबाट १ थान डेक्सटप कम्प्युटर, आमा समूहलाई रु. २० हजार, छात्रावासका लागि रु. दश हजार गरि रु. ९५ हजार सहयोग गर्नुभयो ।

शिख्तानी समाज पोखराका उपाध्यक्ष चन्द्र गर्बुजाले आवासीय प्रयोजनका लागि रु. ५ हजार, शिख किन्दु हाल पोखरा निवासी पुन समाज नेपालका केन्द्रिय सदस्य पदम चोचाङ्गीले कलाकारलाई प्रोत्साहन तथा खाजा वापत रु. ५ हजार सहयोग गर्नुभएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बागबिर पाईजाले कलाकारलाई प्रोत्साहन तथा खाजा वापत रु. ३ हजार प्रदान गर्नुभएको छ । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयले गण्डकी प्रदेश सरकारको सहयोगमा आवासीय (छात्रावास) सञ्चालन गरेको छ ।

हाल छात्रावासमा ३० जना विद्यार्थी बस्ने गरेका छन् । प्रदेश सरकारले प्रति विद्यार्थी दैनिक रु. ६५ का दरले आवासीय विद्यार्थीलाई सहयोग गर्छ । अपुग रकम दाताहरुको सहयोगमा जुटाइएको छ । विद्यालयमा १६७ जना विद्यार्थीहरु रहेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...