प्रभुुचेलामा सामुदायिक ‘मेडिटेसन’ केन्द्रको पूर्वाधार निर्माण थालियो

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बिम, ः म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र सञ्चालन गर्नका लागि पूर्वाधार निर्माण थालिएको हो ।

परापुर्वकालमा ऋषिमुनीहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेलालाई तनाव व्यवस्थापन, मानसिक र शारिरिक स्वास्थ्यका लागि उपयोगी मानिएको मेडिटेशन गर्ने थलोका रुपमा विकास गर्न लागिएको हो ।

प्रभुचेला धुरी प्रर्वद्धन समाजका अध्यक्ष टिकाबहादुर जुग्जाली (नविन) ले गण्डकी प्रदेश सरकारको रु. पचास लाख र प्रवासमा रहेका बिमबासीहरुको रु. पच्चिस लाख सहयोगमा मेडिटेशन स्थलका पूर्वाधार निर्माण थालिएको जानकारी दिनुभयो ।

Shreekrishna

“परापुुर्व कालमा ऋषिमुुनीहरुले प्रभुचेला धुरीमा तपस्या गरेर ज्ञान आर्जन गरेको २ वर्षअघिको अध्ययनबाट तथ्यहरु प्हिचान भएपछि संरक्षण, प्रर्वद्धन र पूर्वाधार निर्माणलाई तिब्रता दिएका छौ,” योग प्रशिक्षक समेत रहेका उहाँले भन्नुभयो “वस्तीदेखि टाढा र जंगलको बिचमा शान्त हावापानी र वातावरणमा योग ध्यान गर्नका लागि प्रभुचेला उपयुक्त ठाउँ हो ।”

पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत रु. ५० लाखको बजेटबाट ध्यान केन्द्र स्थल वरपर घेराबार गर्ने, सार्वजनिक शौचालय, हवन कुण्ड र पक्कि पर्खाल निर्माणको काम शुरु भएको छ । उपभोक्ता समितिका सचिव लोकप्रसाद पुनले २० दिनअघि शुरु भएको पूर्वाधार निर्माणको काम आगामी वैशाख महिनाभित्र सम्पन्न गरिने बताउनुभयो ।

“गाउँदेखि टाढा रहेको प्रभुचेलामा २० जना मजदुरहरु जंगलमै बास बसेर साँझ, बिहान पनि काम गरिरहेका छौ,” उहाँले भन्नुभयो “त्रिपालको टहरा बनाएर खानेबस्ने व्यवस्था मिलाएका छौ ।” गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीको पहलमा बजेट बिनियोजन भएको उहाँले बताउनुभयो ।

विश्वका विभिन्न देशमा पुगेका बिमबासीहरुले जुटाएको रु. २५ लाख रकमबाट गोलो आकारको ध्यान गर्ने भवन निर्माण गर्न थालिएको छ । स्थानीय काठ, ढुंगा र माटोको प्रयोग गरेर मौलिक किसिमको गोलघर बनाउन लागिएको उपभोक्ता समितिका सचिव पुनले बताउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

पूर्वाधार निर्माण भएपछि यहाँ आउने तपस्वी, भक्तजन र पर्यटकहरुलाई सहज हुने प्रभुुचेला ध्यान केन्द्र व्यवस्थापन समितिका सचिव सुुरमन गर्बुुजाले बताउनुुभयो । “प्रभुुचेलाको धार्मिक महत्व नभुुझेर यहाँ केही वर्षअघिसम्म स्थानीयबासीले गाईभैसी र भेडाबाख्राको गोठ राख्ने खर्क बनाएका थिए,” उहाँले भन्नुभयो “प्राकृतिक हिसाबले सुन्दर र मनमोहक रहेको प्रभुचेलालाई सामुदायिक मेडिटेशन सेन्टर बनाउने तयारी गरेका छौ ।”
गत वर्ष गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु. १५ लाख सहयोगमा करिब ५० जना क्षमताको आश्रयस्थल भवन र उकालो बाटोमा ८७ मिटर पक्कि पदमार्ग निर्माण गरिएको छ । कुटी, हवन कुण्ड र साधनास्थलको संरक्षण गरिएको छ ।

प्रभुचेला धुरीमा १०० वर्षअघि सम्म ऋषिमुनीहरुका लागि तपस्या स्थल थियो । बिम गाउँको शिर र मालिका धुरीको फेदीमा अवस्थित प्रभुचेलमा नेपाल र भारतका विभिन्न ठाउँबाट ऋषिमुनीहरु आउने गर्दथे । स्वर्गद्धारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले वि.स. १९७० देखि ७५ सम्म यही ठाउँमा तपस्या गर्नुभएको थियो ।

कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधना स्थल र हवन कुण्डको भग्नाअवशेस अझै छन् । प्रभुचेला धुरीबाट धवलागिरी र गुर्जा हिमशृङखला अवलोकन गर्न पाउनु अर्को विशेषता हो ।

मालिका गाउँपालिकाको रु. ५ लाख बजेटबाट सोरवाङ देखि प्रभुचेला धुरीलाई सडकले जोडिएको अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुुभयो । विभिन्न दाताहरुले व्यक्तिगत लगानीमा मन्दिर, खानेपानी र ध्यानाश्रम बनाउनु भएको छ । पलबिर जुग्जालीले कपिलानन्दले ध्यान गर्नुभएको कुटीको पुननिर्माण गर्नुभएको छ ।

छकप्रसाद पाइजाले शिव र देउप्रसाद जुग्जालीले गणेशको मन्दिर बनाउनु भएको छ । रुपलाल पुनको संयोजकत्वमा स्व. मनबहादुर थजाली पुन र रतिमा पुनको स्मृतिमा खानेपानीको पाईप जडान, धारा र टंकी निर्माण भएको छ ।

आश्रयस्थल बनेपछि तपस्वी, भक्तजन र पर्यटकलाई राती, हिउँ, पानी परेको र घाम चर्किदाँ आश्रय लिन सहज भएको छ । समुन्द्र सतहदेखि दुई हजार ४०० मिटर उचाईमा अवस्थित प्रभुचेला धुरी बिमदेखि दुई घण्टा र सवारी साधनमा ३० मिनेटमा पुगिन्छ ।

प्रभुुचेलालाई ध्यान केन्द्रको रुपमा विकास गर्न सकिने सम्भावना देखिएकाले पूर्वाधार निर्माणमा जोड दिएको योजना अनुगमनका लागि बिहिबार प्रभुचेला पुग्नुभएका गण्डकीप्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...