भकिम्लीका एकल महिलालाई साबुन बनाउने तालिम

Gandaki Pardesh notice

बेनी, । बेनी नगरपालिका–३ भकिम्लीका एकल महिलाहरुलाई साबुन बनाउने तालिम दिइएको छ ।

बेनी नगरपालिकाको एकल महिलाहरुको आयआर्जन कार्यक्रम अन्र्तगत भकिम्लीमा सञ्चालन भएको साबुन बनाउने तालिम बिहिबार सम्पन्न भएको हो । ५ दिनसम्म सञ्चालन भएको तालिममा १२ जनाको सहभागिता रहेको थियो ।

चैत ११ गतेदेखि शुरु भएको तालिमको लघुुउद्यमी कबिता पुनले सहजिकरण गर्नुभएको थियो । तालिममा तितेपानी, सुन्तला, कागतीको बोक्रा आदी स्थानीय स्रोत साधन प्रयोग गरेर नुहाउने र कपडा धुने साबुन बनाउने सिप सिकाइएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

तालिममा सहभागीहरुले साबुनका साथै कोठा र शौचालय सफा गर्न प्रयोग हुुने हारपिक, फिनेल र सरफ बनाउन सिकेका छन् । वडा सदस्य रत्न जिसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले एकल महिलाहरुलाई आयआर्जनमा संलग्न गराई आत्मनिर्भर बनाउने र आयात घटाउने उद्देश्यले सिप विकासमा जोड दिएको बताउनुभयो ।

सिकेको सिपलाई ब्यवहारमा प्रयोगमा ल्याउन सहभागीहरुलाई आग्रह गर्नुभयो । तालिम सञ्चालन गर्न नगरपालिकाले रु. १ लाख बजेट बिनियोजन गरेको थियो । यसअघि सोही कार्यक्रम अन्र्तगत बेनीमा धुुप बनाउने तालिम दिइएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...