ताकम स्वास्थ्य चौकीमा जेष्ठ नागरिकद्धारा रु. २ लाखको अक्षयकोष स्थापना

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा रहेको स्वास्थ्य चौकीमा एक जना वृद्धाले रु. २ लाखको अक्षयकोष स्थापना भएको छ ।

धवलागिरी गाउँपालिका ७ काफलडाडाकी ८४ वर्षीय नरमला फगामी मगरले स्वास्थ्य चौकीलाई अक्षयकोष स्थापनाका लागि मंगलबार रु. २ लाख नगद हस्तान्तरण गर्नुभएको हो ।

वडा अध्यक्ष समेत रहनुभएका स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष अशोक खत्रीलाई नरमलाले स्वास्थ्यकर्मी र स्थानीय अगुवाहरुको उपस्थितिमा रकम हस्तान्तरण गर्नुभएको थियो ।
हाल बेलायत र पोखरा बसोबास गर्नुहुने नरमलाले दिवंगत श्रीमान नन्दु पुन मगरको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको हो । कोषको नाम नन्दु नरमला अक्षयकोष नामाकरण गरिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road


गरिब, विपन्न बिरामीको उपचारका लागि सहयोग पुगोस भनेर सहयोग गरेको नरमलाले बताउनुभयो । कोषलाई नमास्ने र ब्याजबाट सहयोग गर्ने व्यवस्था मिलाइएको छ । अक्षयकोष स्थापनाका लागि काफलडाडाका कृष्णप्रसाद शर्माले समन्वय गर्नुभएको थियो ।

सहयोगदाता नरमलालाई वडा अध्यक्ष खत्रीले सम्मान गर्नुभयो । यसैगरी ताकममा ५ शैया क्षमताको अस्पताल भवन निर्माण सूचारु भएको छ । करिब दुई वर्षपछि अस्पताल भवनका ठेकेदार काममा फर्किएर निर्माणलाई तिब्रता दिएका वडा अध्यक्ष खत्रीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...