अदिभारा–डाडागाउँ सडक स्तरोन्नति हुने

Gandaki Ghumau

बेनी । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि अदिभारा–डाडागाउँ–सोलेडाडा हुदै बाग्लुङको तमानखोला जोड्ने सडक स्तरोन्निति हुने भएको छ ।

यो सडक अन्र्तगत मालिका गाउँपालिकाको वडा नम्बर ३ अदिभारा देखि डाडागाउँतर्फको सडक स्तरोन्नती गर्न पूर्वाधार विकास कार्यालय म्याग्दीले मंगलबार ठेक्का आव्हान गरेको छ ।

गण्डकी प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री समेत रहनुभएका प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले चालुु आर्थिक वर्षमा रु. २ करोड बजेट बिनियोजन भएको योजना करिब एक महिना अघि बहुबर्षिय ठेक्का लगाउन भएको निर्णय कार्यान्वयन चरणमा प्रवेश गरेको बताउनुभयो ।

Shreekrishna

“यो सडकलाई बहुुबर्षीय योजनाका रुपमा कार्यान्वयनका लागि रु. दश करोड बजेटको स्रोत सुनिश्चितता भएको थियो,” उहाँले भन्नुभयो “प्रदेश सरकारको निर्णय अनुसार पूर्वाधार विकास कार्यालयले ठेक्का आव्हान गरेपछि योजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।”

Gunasthariya Shiksya

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले दरवाङ देखि ३ किलोमिटर अगाडी पर्ने अदिभारा देखि थप ३ किलोमिटर डाडागाउँतर्फको सडक फराकिलो बनाउने, घुम्ति तथा मोड र ग्रेड सुधार, नाली, पर्खाल निर्माण र केही ठाउँमा ढलान गरिने बताउनुुभयो ।

चालु आर्थिक वर्षभित्रनै ठेक्का सम्झौता गर्ने लक्ष्य सहित योजना कार्यान्वयन प्रक्रीया अघि बढाएको उहाँले बताउनुभयो । निवर्तमान भौतिक मन्त्री जुग्जालीको पहलमा अदिभारामा २५ मिटर लामो मोटरेबल पुल समेत निर्माण शुरु भएको छ ।

दरवाङ देखि फुलवारी हुदै अदिभारा सम्मको सडक भने मालिका गाउँपालिकाले प्रदेश सरकारसँगको लागत साझेदारीमा स्तरोन्नितिका लागि ठेक्का लगाएको जनाएको छ । यसपालीको ठेक्काबाट सेउलुङ औला डाडागाउँ सम्म स्तरोन्नति गर्ने लक्ष्य राखिएको अर्को चरणमा डाडागाँउ देखि सोलेडाडा हुदै तमानखोला सम्मको सडक स्तरोन्नति गर्ने योजनालाई थप बजेट व्यवस्थापन गर्न पहल गर्ने जुुग्जालीले बताउनुभयो ।

प्रदेश सरकार मार्फत यस वर्ष म्याग्दीको धवलागिरी गाउँपालिकाको धारापानी देखि शिवाङ, बेनी नगरपालिकाको नेप्टेचौर देखि तोरीपानी, बेनी नगरपालिकाको बगरफाँट दूधेखोला भकिम्ली र पखेर बरंजा सडक स्तरोन्नति गर्न ठेक्का प्रक्रीया अघि बढीसकेको छ । मालिका गाउँपालिकाको खारा बिम सडकका लागि रु. २५ करोड बजेटको स्रोत सुुनिश्चितता भएको छ ।
बेनी नगरपालिका ४ र मंगला गाउँपालिका ३ स्थित अर्जेखोलामा मोटरेबल पुल निर्माण शुरु भएको छ । मालिका गाउँपालिका ७ बिमको शिवरात्रीखोलामा मोटरेबल पुल निर्माणका लागि बहुुबर्षीय योजना स्विकृत भएको छ । अन्नपूर्ण गाउँपालिकाको चित्रे देखि घोडेपानी जोड्ने सडक स्तरोन्नतिका लागि बहुबर्षीय योजना अर्थ मन्त्रालयमा पठाइएको निवर्तमान भौतिक मन्त्री जुग्जालीले बताउनुुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...