बेनी–मालढुङ्गा खण्डमा १५ महिनापछि निर्माणले गति लियो

Gandaki Pardesh notice

म्याग्दी, ः म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ ।

गण्डकी प्रदेशको लाइफलाइन (भाग्यरेखा) मानिएको राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर सडक आयोजना अन्र्तगत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित आयोजनाले पछिल्लो समय गति लिएको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–मालढुङ्गा खण्डका इञ्जिनियर अच्युत विलास पन्तले चालु आर्थिक वर्ष भित्रनै ५ किलोमिटरमा अक्सफाल्ट प्रविधिको कालोपत्र र थप ५ किलोमिटरमा ग्राभेल गरि आगामी २०८१ असोज महिनासम्म पुरै १३ किलोमिटर कालोपत्र गरिसक्ने समय तालिका बनाएर निर्माणलाई तिब्रता दिएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“नदीजन्य निर्माण सामग्रीको अभावको कारणले २०७९ कात्तिक देखि करिब १५ महिना सडक निर्माण सुस्ताएको थियो,” उहाँले भन्नुभयो “निर्माण व्यवसायीलाई ताकेता र वैकल्पिक स्रोतबाट नदीजन्य निर्माण सामग्रीको व्यवस्थापन गर्न सहजिकरण भएपछि पछिल्लो समय निर्माण कार्यले तिब्रता पाएको छ ।”

सडक फराकिलो, नाली र पर्खाल निर्माणको काम अन्तिम चरणमा पुगेको मालढुङ्गा देखि फर्से सम्मको ५ किलोमिटर दुरिमा कालोपत्र गर्न सब बेस बिछ्याउन थालिएको ईञ्जिनियर पन्तले बताउनुभयो । यो खण्डमा चालु आर्थिक वर्ष भित्रनै कालोपत्र गरिसक्ने लक्ष्य राखिएको छ । विभिन्न ठाउँमा करिब १ किलोमिटर ढलान र खोल्साहरुमा कल्भर्ट पुल निर्माण गरिएको छ ।

फराकिलो बनाउने, नाली र पर्खाल निर्माणको काम भैरहेको फर्से देखि लामाखेत खण्डमा पनि यो वर्ष ग्राभेल सम्मको काम गर्ने तयारी भएको निर्माण कम्पनीका प्रतिनिधिले बताएका छन् । सडकको छेउछाउमा रहेका घरटहरा भत्काउनका लागि केही दिनमा सूचना निकालेर क्षतिपुर्ति वितरण शुरु गरिने आयोजनाका प्रमुख ध्रुब झाले बताउनुभयो ।

१३ किलोमिटर दूरीको मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । एपेक्स–खड्का–कृष्णको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले ढुङ्गा, गिट्टी, बालुवा र रोडा अभावको कारण देखाएर वि.स. २०७९ कात्तिक देखि सडक निर्माणलाई सुस्त बनाएका थियो ।

Bhautik ministry notice about road

ठेक्का सम्झौताअनुसार सडक निर्माणका लागि आवश्यक नदीजन्य कच्चा पदार्थको स्रोत कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन गर्न वि.स. २०७८ असारमा सर्वोच्च अदालतले रोक लगाएको थियो ।

default

विसं २०८० असोज महिनामा म्याद सकिएको यो सडक योजनाको हालसम्मको भौतिक प्रगति 55 प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । आगामी २०८१ असोज महिनासम्मका लागि ठेक्काको म्याद थपिएको छ ।

सडक निर्माणमा ढिलाई हुँदा यातायातका साधन सञ्चालन र यात्रुहरुलाई आवतजावतमा समस्या भएको छ । खाल्डाखुल्डी, धुलो, हिलोका कारण यात्रा गर्न सास्ती भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

“सहज हुँदा २० मिनेटमा बेनीदेखि मालढुङ्गा पुगिन्थ्यो, अहिले एक घण्टा लाग्छ,” उहाँले भन्नुभयो “धुलो, हिलो र साँघुरो भएकाले बेनी–बागलुङ–मालढुङ्गाको वैकल्पिक सडक प्रयोग गर्नुपर्दा गाडी र ढुवानी भाडा बढेको छ ।” यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् ।

बेनी–मालढुङ्गा, बेनी–जोमसोम लगायत म्याग्दीका दुरगामी महत्वका सडक र विकास आयोजना निर्माणमा देखिएको समस्याका विषयमा संघीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधी, निजी क्षेत्र, नागरिक समाजले सहजिकरण र माथिल्लो निकायमा समन्वय गरेका छन् ।

default

‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो । मुस्ताङको कोरला नाकादेखि दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत यो सडकलाई ११ मिटर चौडा र कालोपत्रे गर्न लागिएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...