बेगका दिपकको चिमखोलाको बगरखोलामा डुबेर ज्यान गयो

Gandaki Pardesh notice

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा पौडी खेल्ने क्रममा सोमबार एक जनाको मृत्यु भएको छ ।

Bhautik ministry notice about road

चिमखोलाको कुकुर भुक्ने स्थित बगर खोलामा पौडी खेल्ने क्रममा डुबेर रघुगंगा गाउँपालिका–१ का १८ वर्षीय दिपक पुर्जाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरी निरीक्षक कुमार गुरुङले सँगै गएका साथीहरुले उद्दार गरेर बेनी अस्पताल ल्याइएका पुर्जालाई चिकित्सकले मृत घोषणा गरेका बताउनुभयो । मृतकको शव बेनी अस्पतालको शव गृहमा राखिएको र घटनाको थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक गुरुङले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...