असिनाले हिउँदेबालीमा क्षति

Gandaki Kotihome

बेनी, । म्याग्दीमा सोमबार परेको भिषण असिनाले हिउँदे खेतीबालीमा ठूलो क्षति भएको छ । लामो खडेरीपछि परेको असिना पानीले अन्नपूर्ण, मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिका क्षेत्रमा हिउँदे खेतीबालीमा क्षति पु¥याएको हो ।

म्याग्दीको छिमेकी पर्वतको जलजला गाउँपालिकाको बाँसखर्क र मल्लाजमा पनि असिनाले क्षति गरेको छ । रघुगंगामा दिउँसो करिब २ बजेदेखि सुरु भएको असिना करिब तीन घण्टा सम्म परेको थियो भने बेनी नगरपालिका क्षेत्रमा साँझ पाँच बजेपछि असिना परेको थियो । असिनाले खेतवारीमा भित्र्याउने अवस्थामा पुगेको गहुँ, जौ, केराउ लगायतका खाद्य बाली सबै नष्ट गरेको छ ।

त्यसैगरि खेतमा भर्खर उम्रीएका मकै बाली समेत अनिसाले पूर्ण रुपमा क्षतविक्षत बनाएको कृषकहरुले बताएका छन् । असिनाले सुन्तला, कागती लगायतका फलफुलमा लागेको फूल समेत झारेको जलजला गाउँपालिका–१ बाँसखर्कका युवराज अर्मजाले बताउनुभयो ।

Shreekrishna hardwear in news

Notice about ban dadalo

रघुगंगा गाउँपालिकाको पिप्ले, भगवती, कलेजाबाङ, मौवाफाँट, बेग, दग्नाम, झिँ, पाखापानी, बेनी नगरपालिकाको पात्लेखेत, घतान, पुलौचार, अर्थुङ्गे, बगरफाँट, बेनीबजार लगायतका स्थानमा भारी असिनापानी भएको थियो । त्यसैगरि मंगला गाउँपालिकाको पूर्णगाउँ, कुहुँ लगायतका क्षेत्रमा समेत असिनापानीले जौ, गहुँ, प्याज लगायतका खेतीबालीमा क्षति पु¥याएको छ ।

असिनाले गौ, जौ, तोरी लगायतका खाद्यबालीसंगै तरकारी खेतीमा समेत ठूलो क्षति पु¥याएको बेनी नगरपालिका–९ तोरीपानीका कृषक भद्रबहादुर बानियाँले बताउनुभयो । ‘‘हिउँदभर सिचाइ गर्न पानी आएन, अहिले एकै पटक अनिसापानी खस्यो, भित्र्याउने तयारी गरेको हिउँदेबाली सबै पूर्ण रुपमा नष्ट गरेको छ’’–कृषक बानियाँले भन्नुभयो ।

असिनापानीले हिउँदेबालीमा ठूलो क्षति पु¥याएपछि स्थानीय तह र कृषि ज्ञान केन्द्रले क्षतिको विवरण संकलन गर्ने काम सुरु गरेको जनाएका छन् । अनिसा पानीले पु¥याएको क्षतिको वडा स्तरबाट विवरण संकलन गर्न थालिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जिव बास्तोलाले स्थानीय तहका कृषि शाखाका प्राविधिक मार्फत असिनाले पु¥याएको क्षतिको विवरण संकलन गर्न थालिएको बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...