बेनी नगरपालिकाको चालु आवको दोस्रो चौमासिक सम्मका गतिबिधी र उपलब्धीहरु

Gandaki Pardesh notice

बेनी नगरपालिकाको आ.. २०८०।८१ को फाल्गुण मसान्त सम्मको प्रगती प्रतिवेदन

मिति २०८० चैत्र १२ गते

जम्मा बजेट (रु)

Shreekrishna hardwear in news
कुल बजेटचालूपूँजीगत
७२,६७,७२,६५७.००५३,६४,१२,६५७.००१९,०३,६०,०००.००

फाल्गुण मसान्त सम्मको खर्च विवरण

जम्मा खर्चचालु खर्चपूँजीगत खर्च
रकम (रु)प्रतिशतरकम (रु)प्रतिशतरकम (रु)प्रतिशत
३१,१८,३५,४००४२.९२४,२४,०१,०४९४५.१९६,९४,३४,३५१३६.४७

आन्तरिक आय विवरण

जम्मा अनुमानित (रु)हाल सम्मको प्रगती (रु)प्रगती प्रतिशत
४,५४,५०,०००२,७२,४०,४५१५९.९

विषय क्षेत्रगत रुपमा फाल्गुण मसान्त सम्म भएको आय व्यय विवरण

क्षेत्रबिनियोजित बजेट (रु)खर्च (रु)खर्च प्रतिशत
आर्थिक विकास३,१२,८५,४७५.००४८,०३,५२९.००१५.३५
सामाजिक विकास४०,०२,०४,०००.००१७,६१,४७,२८४.४८४४.०१
पूर्वाधार विकास१३,००,०४,५२५.००५,४८,७७,०६५.८८४२.२१
सुशासन तथा अन्तरसमन्धित२,८८,०१,०००.००७८,८५,०३३.००२७.३८
कार्यालय तथा प्रशासनिक१३,६४,७७,६५७.००६,८१,२२,४८८.५९४९.९१

 पूर्वाधार विकास तर्फ

ठूला आयोजनाहरू

सडक तर्फ 

क्र.सं.योजनाको नामविनियोजीत रकम (रु)सम्झौता रकम (रु)हाल सम्मको प्रगतिकै.
१.बेनी अर्थुङ्गे तोरीपानी पात्लेखेत सडक२ करोड१,३४,६६,९२४.४५ठेक्का सम्झौता भइ हाल सम्म २५ प्रतिशत कार्य सम्पन्न भएको ।
२.बेनी अर्थुङ्गे पुलाचौर भुतपानी सडक८० लाख५९,५८,८०३.६२ठेक्का सम्झौता भइ हाल सम्म ४५ प्रतिशत कार्य प्रगति भएको ।
३.माहारानी थान छाप ठूलो खोला सडक८३ लाख ५०हजार५९,५२,०४५.९२ठेक्का सम्झौता भइ हाल सम्म ५० प्रतिशत कार्य प्रगति भएको ।
४.तातोपानी बजार कालोपत्रे योजना३२ लाख ९० हजार२५,६८,२१०.४९निर्माण कार्य सम्पन्न भएको ।

खानेपानी तर्फ

क्र.सं.योजनाको नामविनियोजीत रकम (रु)सम्झौता रकम (रु)हाल सम्मको प्रगतीकैफियत
१.खवरा खानेपानी योजना४०  लाख२७,३३,५४९.४६ठेक्का सम्झौता भइ हाल सम्म ७५ प्रतिशत कार्य प्रगति भएको ।
२.पुलाडाँडा पुरुण्डी खानेपानी योजना९० लाख७०,५०,५२५.४८ठेक्का सम्झौता भइ हाल सम्म ५ प्रतिशत कार्य प्रगति भएको
३.खवरा खानेपानी योजना६२ लाख निर्माण कार्य सम्पन्न भएको ।आ.व. २०७८/७९ को निरन्तरता योजना
४.गाजने नयाँ गाउँ खानेपानी योजना९० लाख निर्माण कार्य सम्पन्न भएको ।आ.व. २०७९/८० को निरन्तरता योजना

भवन तर्फ

क्र.स.योजनाको नामविनियोजीत रकम (रु)सम्झौता रकम (रु)हाल सम्मको प्रगतीकैफियत
१.जामुनाखर्क नमुना विद्ययालय१ करोड६८,८५,०२२.८८ठेक्का सम्झौता भइ हाल सम्म ५ प्रतिशत कार्य प्रगति भएको ।

शहरी विकास तथा भवन निर्माण तर्फ 

  • आ.व. २०८०/८१ मा बेनी नगर कार्यपालिकाको कार्यालयबाट बेनी नगरपालिका क्षेत्रमा ९ वटा नयाँ भवनको नक्सा पास र २४ वटा पुराना भवनहरु अभिलेखिकरण भएको छ ।

पर्यटन तर्फ

क्र.स.योजनाको नामविनियोजीत रकम (रु)सम्झौता रकम (रु)हाल सम्मको प्रगतीकैफियत
१.रावण पार्क निर्माण योजना३ करोड २४ लाख१,८५,३१,१०३.७६हाल सम्म १८ प्रतिशत प्रगती भएको ।आ.व. २०७७/७८ को निरन्तरता योजना

बगरहरुको ढुङ्गा, गिट्टी, वालुवा ठेक्का सम्झौता

क्र.सं.बगरको नामस्वीकृत बोलपत्र दाताको नाम र ठेगानास्वीकृत रकम रु.  (कर सहित)कैफियत
अग्नीखेत बगरsahana nirman sewa, Jalajal Rural Municipality-7, Parbat८,७१,३४५.००   
डम्बरा बगरRaghuganga Hydropower Limited, Raghuganga-3, Piple, Myagdi२०,३१,९४१.४५   
जोगिगाडे बगरRaghuganga Hydropower Limited, Raghuganga-3, Piple, Myagdi५,१४,९५०.६४ 
चुत्रेनी तल्लो बगरRaghuganga Hydropower Limited, Raghuganga-3, Piple, Myagdi६,४५,७११.८२ 
चुत्रेनी माथिल्लो बगरRaghuganga Hydropower Limited, Raghuganga-3, Piple, Myagdi९,७५,३४०.४३ 
बगुवा खोला बगरB. N. Construction Pvt. Ltd.,4- Nagarjung२५,९३,४२५.०० 
दुधे खोला घुमाउने बगरDudhekhola Construction and Suppliers Pvt. Ltd., Beni Mun-3, Myagdi४,२१,९३२.५० 

वडा स्तरीय योजनाहरुको विवरण :

वडा नं.सम्पन्न योजना संख्यासम्झौता योजना संख्यासम्झौता हुन बाँकीजम्मा योजना
1616537
1224339
135422
1512027
2411035
1614333
811
95418
1613029
१०17927
  • जम्मा योजनाहरु :  २७८
  • सम्झौता हुन बाँकी योजनाहरु : २८ (१० प्रतिशत)
  • सम्झौता भएका जम्मा योजनाहरु : १११ (४० प्रतिशत)
  • सम्पन्न योजनाहरु : १३९ (५० प्रतिशत)

शिक्षा तर्फ

  • दोस्रो त्रैमासिक तलब भत्ता, दिवा खाजा  मसलन्द बापतको रकम  निकासा गरिएको ।
  • विद्यालयमा दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन साप्ताहिक मेनु तयार गर्न लगाई नियमित अनुगमन गरिएको ।
  • विपन्न दलित जेहेन्दार छात्रवृत्ती तथा शिक्षा संकायमा गणित विज्ञान विषय लिई अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तीका लागि प्रस्तावना आह्वान गरिएको ।
  • मेयरसँग सामाजिक विकास कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाइएको ।
  • अपाङ्ग विद्यार्थीहरुका लागि आवासीय छात्रवृत्ती बापतको रकम निकासा गरिएको ।
  • सामुदायिक विद्यालयको लेखापरीक्षण कार्यका लागि लेखापरीक्षकहरु नियुक्ति गरी विद्यालयमा पठाइएको ।
  • स्थानीय पाठ्यपुस्तक मेरो नगरपालिका कक्षा ५ को लेखन कार्य सम्पन्न भई छपाइ कार्य अगाडि बढाइएको ।
  • सामुदायिक विद्यालयका छात्राहरुलाई नि:शुल्क स्यानेटरी खरिद गरी विद्यालयमा पुर्याइएको ।
  • चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिएको साथै जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई पदक सहित सम्मान गरिएको।
  • शैक्षिक गुणस्तर एवं कार्यसम्पादनमा आधारित प्रोत्साहान अनुदान कार्यक्रमको विद्यालयसँग सम्झौता गरी कार्य अगाडि बढाइएको ।
  • जामुनाखर्क माध्यमिक विद्यालयको नमूना विद्यालयको भौतिक निर्माण कार्यका लागि टेन्डर आह्वान गरी कार्यादेश दिइएको ।
  • विषयगत शिक्षक समूह परिचालन गरी कक्षा ४-९ सम्मको परीक्षामा एकरुपता ल्याउन नगरपालीकास्तरीय प्रश्नपत्र निर्माण गरी परीक्षा सञ्चालन गरिएको ।
  • राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रस्तावना पेश भएका विद्यालयहरुको प्रस्तावना उपर छलफल गरी प्राथमिकता निर्धारण गरी पठाइएको ।
  • कक्षा ५-८-१० को पाठ्यक्रम प्रवोधीकरण अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको ।
  • आधारभुत तहस्तरीय कक्षा ८ उत्तीर्ण वार्षिक परीक्षाको सघन अनुगमन गरिनुका साथै परीक्षा सम्पन्न गरिएको।
  • शिक्षक मेन्टरिङ तथा पेशागत सहयोग कार्यक्रमको अभिमूखीकरण गरी कार्य आरम्भ गरिएको ।
  • स्रोत कक्षाहरुको अनुगमन/निरीक्षण गरी आवास सुधारका लागि आवश्यक पहल गरिएको ।
  • विद्यार्थीलाई “We Can, We Do” कार्यक्रम मार्फत श्रम सीप र रोजगार मार्फत पढ्दै कमाउदै कार्यक्रम सञ्चालनमा ल्याइएको ।
  • वडा नं. ४ को सामुदायिक सिकाई केन्द्रद्वारा आधारभुत व्युटिसीयन तालिम सम्पन्न भएको । अन्य सामुदायिक सिकाइ केन्द्रमा पनि आधारभुत सीपमूलक कार्यक्रम सञ्चालन भएका ।

स्वास्थ्य तर्फ

  • दादुरा-रुबेला खोप अभियान अन्तर्गत ९ महिना देखि ५ वर्ष मुनिका २१९५ बालबालिकालाई दादुरा-रुबेला खोप प्रदान गरियो ।
  • दादुरा-रुबेला खोप अभियानको प्रभावकारिता अनुगमनका लागि छुट भएका बालबालिकाको खोजी गर्न समुदायमा  द्रुत सुलभ अनुगमन (Rapid convenience monitoring)  गरी खोप प्राप्त गर्न छुटेका बालबालिकालाई खोप सेवा प्रदान गरियो ।
  • नगरपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरूको गुणस्तर सुधारका लागि न्यूनतम सेवा मापदण्ड मापन ७ वटै स्वास्थ्य चौकीमा सम्पन्न गरियो ।
  • ज्येष्ठ नागरिक घर-भेट स्वास्थ्य सेवा कार्यक्रम निरन्तर हरेक महिना सञ्चालन गरियो ।
  • हरेक महिनाको १५ गते स्वास्थ्य संस्थामा सञ्चालन हुने नसर्ने रोगको स्क्रिनिंग कार्यक्रम निरन्तर सञ्चालन गरियो ।
  • बेनी नगरपालिकाको आयोजना तथा आर्थिक व्यवस्थापन,स्वास्थ्य तालिम केन्द्र  पोखराको  समन्वय, अनुगमन र परिवार नियोजन संघ बुटवलको प्राविधिक सहयोग तथा सहजिकरणमा यस कार्यालय अन्तर्गत रहेका स्वास्थ्य संस्थाका ५ जना  स्वास्थ्यकर्मीहरुलाई ८ दिने इम्प्लान्ट तालिम मिति २०८०।१०।१५ देखि २०८०।१०।२२ सम्म संचालन गरियो।
  • बेनी नगरपालिका अन्तरगतका स्वास्थ्य संस्थाहरुमा ११५ जना गर्भवति महिलाहरुलाई ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम मार्फत भिडियो एक्सरे सेवा प्रदान गरियो ।
  • फेब्रुअरी महिना आयोडिन महिना मनाउने सन्दर्भमा माघ १८ गते देखि फागुन १७ गते सम्म आयोडिनको बारेमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम बेनी नगरपालिकाको १० वटै वडामा सञ्चालन गरियो।
  • पात्लेखेत स्वास्थ्य चौकी मार्फत सुत्केरी महिलालाई प्रसुति सम्बन्धी जटिलता व्यवस्थापनका लागि आकस्मिक रुपमा प्रेषण गरियो।
  • आधारभूत तथा आकस्मिक सेवाका लागि औषधी खरिद e-bid मार्फत प्रक्रिया अगाडि बढाईएको ।
  • सुत्केरीको घर घरमा स्वास्थ्यकर्मी कार्यक्रम बेनी नगरपालिकाको १० वटै वडामा स्वास्थ्यकर्मी परिचालन गरिएको ।
  • आमा सुरक्षा कार्यक्रम अन्तर्गत सुरक्षित गर्भपतन सेवा ४६ जना र बेनी नगरपालिकाको ५ वटा वडा र सुरक्षित प्रसुति सेवा -११ जनालाई  ६ वटा स्वास्थ्य संस्थाबाट प्रदान गरिएको ।
  • स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीलाई छिटो छरितो, सरल,तथ्यपरक र यथार्थपरक बनाउनका लागि बिद्युतिय व्यवस्थापन सूचना प्रणाली कार्यक्रम सन्चालनका लागि सेवा प्रदायक स्वास्थ्यकर्मीहरुका लागि ३ दिने तालिम सन्चालन गरिएको ।
  • बेनी नगरपालिकाको स्वास्थ्य संस्था दर्ता,अनुमति तथा नविकरण सम्बन्धी निर्देशिका,२०७५ बमोजिम नयां स्वास्थ्य संस्था सन्चालन गर्ने अनुमतिका लागि निवेदन पेश गरेका तपसिल का स्वास्थ्य संस्थालाई नगरपालिका स्तरिय स्वास्थ्य संस्था दर्ता,अनुमति,नविकरण तथा अनुगमन समितिले सो संस्थाहरुको अनुगमन गरि मापदण्ड पूरा गरेका तपसिल का निजि स्वास्थ्य संस्थाहरुलाई नगर कार्यपालिकाको निर्णयमा सन्चालन अनुमति प्रदान गरियो ।

तपसिल:

१.कोर स्माईल डेन्टल,बे.न.पा-८

२.डिलक्स हिलर्स डेन्टल अवेर्नेस एण्ड सर्विस सेन्टर,बे.न.पा-८

३.पाण्डे क्लिनिक,बे.न.पा-७

४.मनकामना आँखा उपचार केन्द्र,बे.न.पा.-८

 कृषि विकास तर्फ

  • बेनी नगरपालिकामा  अनुदानको रासायनिक मल बिक्रेता सुचीकृत तथा मूल्य निर्धारण गरी कार्यक्रम अगाडी बढाईएको ।
  • आलु खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत वडा नं. ३, ५, ९ र १० मा १२००० के.जी. आलुको बीउ  वितरण गरिएको ।
  • आई.पी.एम कृषक पाठशाला वडा नं. ३, ५, ६, ९ र १० कार्यक्रम संचालन गर्नका लागि सम्झौता भई सम्बन्धित वडामा कृषक पाठशाला संचालन भईरहेको ।
  • बेमौसमी तरकारी खेती सम्बन्धी तालिम वडा नं. १ र २ मा संचालन गरी तरकारीको मनिकिट बितरण गरिएको जसबाट ७५ कृषक परिवार लाभान्वित भएका । साथै वडा नं. १ मा २५ कृषकहरुलाई ५० प्रतिशत लागत साझेदारीमा प्लाष्टिक घर निर्माणका लागि ६*१२ मिटरको प्लाष्टिक वितरण गरिएको ।
  • संघीय शसर्त अनुदान मार्फत हस्तान्तरित कार्यक्रमहरु मध्ये फलफूल प्रवर्द्वन कार्यक्रममा ११ वटा कृषि फर्म तथा समूह, मकैबाली प्रवर्द्वन कार्यक्रममा ४ वटा कृषक समूह, रैथानेबाली प्रवर्द्वन कार्यक्रममा २ वटा कृषि फर्म छनौट गरि  कार्यक्रम सम्झौताको प्रक्रिया भईरहेको
  • फलफूल प्रवर्द्धन कार्यक्रम अन्तर्गत किवि बगैँचा व्यवस्थापन सम्बन्धी ३ दिने तालिम वडा नं ३ मा २५ जना कृषकको सहभागितामा संचालन भैसकेको
  • वडा नं २ खबरामा केरा पकेट विकास कार्यक्रम निरन्तरताको लागि कार्यक्रम सम्झौताको प्रक्रियामा रहेको

वित्तीय प्रगति

Bhautik ministry notice about road
क्र.सविनियोजित बजेटखर्च प्रतिशत
१,५४,००,०००/-७.२२

पशु सेवा शाखा तर्फ

  •  रेविज विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन गरि ७५ सामुदायिक तथा घरपालुवा कुकुरहरुलाई रेविज विरुद्ध खोप लगाइएको छ ।
  • महामारि रोग अन्तरगत लम्पी स्किन रोग  नियन्त्रणका लागि १२५० गाई गोरुलाई निशुल्क खोप लगाइएको छ भने रोग देखा परेका १२०० गाई गोरुमा निशुल्क उपचार गरिएको छ ।
  • हालसम्म १३००६ पशुपंक्षी हरुमा विभिन्न उपचार सेवा तथा नि.शुल्क औषधि वितरण गरिएको छ ।
  • ७० गाई र १०८ भैसी गरी जम्मा १७८ पशुहरुमा नश्ल सुधारका लागि कृत्रिम गर्भाधान सेवा उपलब्ध गराईएको छ । 
  • दुध उत्पादन गर्ने कृषकहरुलाई लक्षित गरेर पशु स्वास्थ्य तथा वाझोपन निवारण शिविर घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ ।
  • उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम का लागि सूचना प्रकाशन गरि आवेदन संकलन गरिएको छ जहाँ बाख्रापालन तर्फ ३४ वटा र गाईभैसी तर्फ १९ वटा फर्महरुको आवेदन प्राप्त भएको छ ।

पञ्जिकरण तर्फ

व्यक्तिगत घटना दर्ता (आ.व. २०८०/८१ को दोस्रो चौमासिकमा)

क्र. सं.दर्ता प्रकारदर्ता संख्याकैफियत
जन्म२१६ 
मृत्यु८६ 
सम्बन्ध बिच्छेद२४ 
विवाह१०८ 
बसाईसराई२९ 

सामाजिक सुरक्षा भत्ता तर्फ

(.. २०८०/०८१ को दोस्रो चौमासिकमा)

क्र. सं. लाभग्राहीको प्रकारलाभग्राहीको संख्याकुल भुक्तानी रकम (रु)
जेष्ठ नागरिक अन्य ६८ बर्ष भन्दा माथी२२८४२७१३०८९३
जेष्ठ नागरिक दलित ६० बर्ष भन्दा माथी३१९२५२७०००
जेष्ठ नागरिक एकल महिला२४०१९०१९००
विधवा४५३३५८५६८०
अपाङ्ग क वर्ग४९५८६५३०
अपाङ्ग ख वर्ग२२११३९८६८३
दलित बालबालिका४६५६८३४२३
जम्मा४०३१३७८१४१०९
  • सामाजिक सुरक्षा भत्ता दोस्रो त्रैमासिकबाट ई.एफ.टी प्रणाली मार्फत सुचारु गरिएको छ ।
  • सामाजिक सुरक्षा भत्ता दर्ता वा जन्मदर्ता गर्दा राष्ट्रिय परिचयपत्र नं. अनिवार्य गरिएको छ ।

विपद् व्यवस्थापन तर्फ

  • २०७८ र २०७९ सालमा मनसुनजन्य विपदबाट घर पूर्ण क्षति भई “मनसुनजन्य विपद् प्रभावित आवास पुनर्निमाण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०७७” बमोजिम निजी आवास पुनर्निर्माण तर्फको लाभग्राही कायम भएका ३९ लाभग्राहीहरु मध्ये ३५ लाभग्राहीलाई दोस्रो किस्ता उपलब्ध गराउने प्रक्रिया अगाडि बढेको छ भने बाँकी ४ लाभग्राहीहरुको सम्झौता भई पहिलो किस्ता उपलब्ध गराउने कार्य अगाडि बढेको छ ।
  • २०८० सालको मनसुनजन्य विपदबाट घर पूर्ण क्षति भएका तीन विपद् पीडितलाई “मनसुनजन्य विपद् प्रभावित आवास पुनर्निमाण तथा पुनर्स्थापना अनुदान वितरण कार्यविधि, २०७७” बमोजिम निजी आवास पुनर्निर्माण तर्फको लाभग्राही कायम गर्नका लागि जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउने कार्य सम्पन्न भई सकेको छ ।
  • २०७८ सालमा आगोलागीजन्य विपदबाट घर पूर्ण क्षति भई  “आगोलागीजन्य विपद् प्रभावित आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान वितरण कार्यविधि, २०७८” बमोजिम निजी आवास पुनर्निर्माण तर्फ लाभग्राही कायम भएको १ लाभग्राहीलाई दोस्रो किस्ता उपलब्ध गराउने कार्य अगाडि बढेको छ ।
  • बेनी नगरपालिका क्षेत्रमा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि आपतकालिन कार्यसञ्चालन केन्द्र सञ्चालन कार्यविधि निर्माण भई आंशिक क्षमतामा आपतकालिन कार्यसञ्चालन केन्द्र सञ्चालनमा छ ।

प्रशासन तर्फ

  • बेनी नगर कार्यपालिकाको कार्यालय तथा मातहतका वडा कार्यालयहरुमा गरी जम्मा ९७ कर्मचारीहरु (४८ स्थायी तथा ४९ करार) कार्यरत छन् ।  बेनी नगर कार्यपालिकाको कार्यालयमा ५ नगर प्रहरीहरु कार्यरत छन्। बेनी नगरपालिका मातहतका स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्रमा स्थायी २८ र करार १९ गरी जम्मा ४७ कर्मचारीहरु कार्यरत छन् ।
  • २०८०।८१ को दोस्रो चौमासिक (फाल्गुण मसान्त सम्म) बेनी नगर कार्यपालिकाको कार्यालय र मातहतका कार्यालय तथा स्वास्थ्य संस्थाहरुमा सरुवा/नियुक्ती भई जम्मा १३ कर्मचारीहरु आएका छन् भने जम्मा १६ कर्मचारीहरु सरुवा/अवकाश/सेवा करार समाप्त भई गएका छन् ।
  • बेनी नगरपालिका क्षेत्रभित्र टेम्पो, अटोरिक्सा, ई-रिक्सा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७९ बमोजिम हाल सम्म ९ वटा तीन पाङ्ग्रे सवारी सञ्चालनमा छन् ।
  • खानेपानी तथा जलस्रोत उपभोक्ता समिति सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७९ बमोजिम यस आ.व. को फाल्गुण मसान्त सम्म ६ वटा नयाँ खानेपानी तथा जलस्रोत उपभोक्ता समिति दर्ता भई हाल सम्म जम्मा ३५ वटा समिति सञ्चालनमा छन् ।
  • यस आ.व. (फाल्गुण मसान्त सम्म) २ वटा नयाँ घ वर्ग निर्माण व्यवसाय दर्ता भई जम्मा ५५ वटा निर्माण व्यवसायी हाल सञ्चालनमा छन् ।
  • बेनी नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयमा विद्युतिय हाजिरी (E-attendance) लाई अनिवार्य बनाइएको छ । यसै आ.व.मा बेनी नगरपालिका मातहतका स्वास्थ्य संस्थाहरुमा पनि विद्युतिय हाजिरीलाई कार्यान्वयनमा ल्याउन मेसिन खरिद कार्य सम्पन्न भई जडानको कार्यको शुभारम्भ भएको छ ।
  • बेनी नगरपालिकाको क्षमता विकास योजना निर्माणका लागि सम्झौता भई प्रक्रिया अगाडि बढेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फ

  • प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फ २६ वटा योजना  छनौट गरि बजेट वाँडफाँड गरि संचालनमा रहेका ८५ जना सूचीकृत वेरोजगार व्यक्तिलाई रोजगारीमा खटाईएको, २ वटा योजनाको भुक्तानी गरिएको। 
  • वैदेशिक रोजगारीमा जान चाहने ३८ जना व्यक्तिहरुको पुन: श्रम स्वीकृतिका लागि सहजिकरण    गरिएको।
  • वैदेशिक रोजगारीको सिलसिलामा श्रम स्वीकृति अवधिभित्र मृत्यु, अङ्गभङ्ग, अशक्त र बेपत्ता भएका श्रमिकका परिवारका सन्ततीले वैदेशिक रोजगार वोर्डवाट  पाउने छात्रवृती अन्तर्गत ६ परिवारका १० जना सन्ततीलाई छात्रवृती प्रदानका लागि सिफारिस गरि वैदेशिक रोजगार वोर्डमा पठाईएको ।
  • वैदेशिक रोजगारीमा रहेका श्रमिकका परिवारलाई ५ घातक रोगको उपचार खर्च सहायताका लागि ३ जनालाई सिफारिस गरि वैदेशिक रोजगार वोर्डमा पठाईएको ।
  • बैदेशिक रोजगारीको क्रममा घाईतेभई स्वदेश फर्कीएका १ जनालाई आर्थिक सहायताका लागि सिफारिस गरि वैदेशिक रोजगार वोर्डमा पठाईएको ।
  • आ.व. २०८१।०८२ का लागि वेरोजगार सूचीकृत प्रकृया अगाडी वढाईएको ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम तर्फ

  • २९ जना नयां उद्यमी सृजना गर्ने कार्यक्रम तर्फ ३२ जनालाई उद्यमशिलता तालिम संचालनको गरि ३० जनालाई सपिङ्ग व्याग वनाउने तालिम संचालन गरिएको ।
  • २० जना उद्यमीहरुको स्तरोन्नती कार्यका लागि सिलाईकटाई तालिम तथा मौरीघार सहयोग कार्य अगाडि बढाईएको ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्ग भएका व्यक्ति तर्फ

  • ५९ औ राष्ट्रिय बाल दिबसको अबसरमा बिद्यालय स्तरीय तीजगीत प्रतियोगिता सम्पन्न भएको छ ।
  • लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियानको अबसरमा बालबिबाह बिरुद्धको जुना नामक चलचित्र प्रर्दशनीको माध्यमवाट सचेतना जगाउन खोजिएको छ ।
  • लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियानको अबसरमा बिभिन्न वडाहरुमा सामाजिक कुरिति, बालबिबाह, लैगिंक हिंसा जातीय भेदभाव लगायत लागुपदार्थ दुर्बयसनी तथा आत्महत्या निरुत्साहन सम्बन्धी सचेतना मुलक कार्यक्रम संचालन गरिएको छ ।
  • ग्यास चुल्हो तथा प्रेसर कुकर मर्मत तालिम बेनी नगरपालिका वडा नं. ४ र ९ मा सम्पन्न गरिएको छ । एकल महिलाहरुको लाागि आयआर्जन कार्यक्रम अन्तर्गत धुप बनाउन  सिकाउने तालिम सम्पन्न भएको छ । बेनी न.पा.-३, भकिम्लीमा साबुन बनाउने तालिम सञ्चालन भईरहेको छ ।
  • बेनी नगरपालिकाको अपाङ्गता परिचय पत्र बितरण कार्यविधि बमोजिमको अपाङ्ग परिचय पत्र वितरण समन्बय समितिको बैठकबाट निर्णय गराई यस आ.व. को फाल्गुण मसान्त सम्ममा ३२ जनालाई अपाङ्ग परिचय पत्र वितरण गरिएको छ । बेनी नगरपालिका हाल सम्म ३९६ जनाले अपाङ्गता परिचय पत्र प्राप्त गरेका छन् ।
  • अपांगता न्यूनीकरण सचेतना तालिम  तुलनात्मक रुपमा बेनी नगरपालिका अन्तर्गत का वडाहरुमा  अंपागता भएका ब्यक्ति बढी भएको वडा नं. ९ र ५  मा सम्पन्न भयो ।
  • ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जिल्ला समन्वय समितिको कार्यालय, सामाजिक विकास कार्यालय लगायत जिल्लामा क्रियाशील संघ संस्थाको समन्वयमा म्याग्दी जिल्लाको महिलाको वर्तमान अवस्था विषयक अन्तरक्रिया कार्यकम गरी सम्पन्न भयो ।

हिंसा प्रभावितहरुका लागि अल्पकालिन सेवा केन्द्र

आ.व. २०८०/८१ ( २०८० श्रावण देखि फाल्गुण मसान्त सम्म) मा सेवा केन्द्रमा हिंसा प्रभावितको संख्या )

क्र.सं.विवरणसंख्याकैफियत
१.कुटपिट 
२.घरनिकाला 
३.जबरजस्तिकरणी 
४.फेला पारिएको 
५.अलपत्र 
६.वेवास्ता अपहेलना 
७.अन्य 
जम्मा१४ 
क्र.सं.विवरणसंख्या
१.दलित
२.जनजाती
३.मधेशी
४.क्षेत्री
५.अन्य
जम्मा१४

आ.व. २०८०/८१(२०८० श्रावणदेखि फागुन मसान्तसम्म) मा सेवा केन्द्रमा आश्रयमा आएका हिंसा प्रभावितको संख्या विभिन्न सेवा प्रदायक निकायको समन्वयमा गरिएको सहयोगका क्षेत्रहरु

क्र.सं.विवरणसंख्याकैफितय
१.स्वास्थ्य उपचारमानव सेवा आश्रममा रिफर १ जनालाई
२.कानूनी सेवा 
३.मनोविमर्श सेवा 
४.मुद्दा दर्ता 
५.पारिवारिक पुर्नमिलन 
६.समुदायमा पुस्थापना 
७.अन्य 
 जम्मा१४ 

२०८०/८१ ( २०८० श्रावणदेखि  फागुन मसान्तसम्म ) मा सेवा केन्द्रमा आएका हिंसा प्रभावितको संख्या

क्र.सं.नगरपालिका/गाउँपालिकासंख्या
१.अन्नपूर्ण गाउँपालिका
२.रघुगंगा गाउँपालिका
३.बेनी नगरपालिका
४.मंगला गाउँपालिका
५.मालिका गाउँपालिका
६.धौलागिरी गाउँपालिका
७.अन्य छिमेकी जिल्लाबाट
जम्मा१४

सहकारी तर्फ

  • बेनी नगरपालिका भित्र डिभिजन सहकारीबाट हस्तान्तरण भएका सहकारीहरु जम्मा ५७,नगरपालिकामा जिम्मेवारी हस्तान्तरण पश्चात नयाँ दर्ता भएका सहकारीहरु ३, गरी जम्मा सहकारी संख्या ६० मध्ये कार्यक्षेत्र विस्तार वा एकीकरण गरी प्रदेश मातहत गएका सहकारी संख्या,५ लिक्विडेटरबाट दर्ता खारेजको सिफारिस भएको सहकारी १, खारेजीको प्रकृयामा लैजानको लागि सूचना प्रकाशित गरिएका सहकारी संख्या ११,  गरी जम्मा १७ सहकारी बाहेक हाल सक्रिय रुपमा सञ्चालित सहकारीहरु ४३ वटा रहेका छन् ।
  • यस आ.व.मा बेनी नगरपालिका कार्यक्षेत्र भएका सहकारीका कर्मचारीहरुका लागि सहकारी तथा गरिवी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (COPOMIS) सञ्चालन सम्बन्धी अभिमूखीकरण कार्यक्रम र सहकारी संस्थामा कर्जा व्यवस्थापन  सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको ।
  • समस्याग्रस्त सहकारीहरुको सघन अनुगमन गर्ने प्रक्रिया अन्तर्गत १ वटा सहकारीको सघन अनुगमन गरिएको। अन्य समस्याग्रस्त सहकारीको पहिचान गरी सघन अनुगमन गरी सहकारीहरुमा देखिएका समस्यालाई समाधान गरिने कार्यलाई निरन्तरता दिइनेछ । 

न्यायिक समिति तर्फ

आ.व. ०८०/०८१ को हाल सम्म

तपसिल:

क्र.सं.उजुरीको विवरणजम्मा दर्ता भएकाकिनारा लागेकोप्रक्रियामा रहेकोसम्पर्क नआएको
१.घरयासी झै झगडा
२.घर वहाल सम्बन्धी विवाद
३.सामान्य लेनदेन सम्बन्धी विवाद
४.घरजग्गा सम्वन्धी विवाद
५.अन्य विवाद
जम्मा

बेनी नगरपालिकाको अवस्था विश्लेषण

  • सबल पक्षहरु:
  • अधिकांश योजना तथा कार्यक्रमको कार्यान्वयन वडा कार्यालयहरुबाट हुने गरी मिलाइएको । पाँच लाख सम्म लागत अनुमान भएका आयोजना तथा कार्यक्रमको सम्झौता तथा अनुगमन/निरीक्षणको जिम्मेवारी वडा कार्यालय र वडास्तरीय अनुगमन समितिलाई दिइएको ।
  • नेपाल सरकारले तय गरेका मूल्यांकन प्रणालीहरु: LISA, FRA एवम् कार्य सम्पादन मापनमा बेनी नगरपालिका देशमा नै अग्रस्थानमा रहेको ।

(LISA: ९१.५, FRA: ९० र कार्य सम्पादन मूल्याङ्कन: ६९.२७)

  • नगरको विकासका सबालमा राजनीतिक सहमती कायम हुने गरेको ।
  • बेनी नगर कार्यपालिकाको कार्यालय तथा अन्तर्गतका वडा कार्यालयहरुमा कर्मचारी व्यवस्था पर्याप्त रहेको । वडास्तरका कर्मचारीलाई प्रोत्साहन सहित काममा उत्प्रेरणा बढाइएको ।
  • बेनी नगर कार्यपालिकाको कार्यालय र मातहतका वडा कार्यालयहरुको भौतिक वातावरणमा सुधार गरिएको ।
  • विकास निर्माण क्रियाकलापमा जनसहभागिता अभिवृद्धि भएको ।
  • विद्यालयस्तरमा अध्ययन गर्ने विद्यार्थीहरुको स्वास्थ्य तथा असल जीवनयापनका लागि नगरक्षेत्रभित्र हुक्का सेवन बन्द गरिएको, दुध डेयरीहरुमा धुम्रपान बन्देज गरिएको । इजाजत नलिएका पसलहरुमा चुरोट, खैनी, सूर्ती बिक्रीमा रोक लगाइएको ।
  • ठूला आयोजनाहरुको विस्तृत परियोजना प्रतिवेदन तयार हुँदै गरेको । ठूला आयोजनालाई गण्डकी प्रदेश तथा नेपाल सरकारलाई पठाउने गरिएको ।
  • सीमाहरु:
  • सीमित साधनस्रोतले असीमित आवश्यकता सम्बोधन गर्नुपर्ने ।
  • स-साना आयोजना तथा कार्यक्रमले प्राथमिकता पाउने गरेको ।
  • उपभोक्ता समितिहरुबाट अपेक्षित रुपमा कार्यसम्पादन हुन नसकेको ।
  • उपभोक्ता समितिहरुमा सार्वजानिक खरिद कानूनको परिपालनाको स्तर कमजोर रहेको ।
  • कर्मचारीहरुलाई उच्च सीपयुक्त तथा क्षमतायुक्त बनाउन नसकिएको ।
  • बजेट निर्माण प्रक्रियामा वडास्तरमा स्रोतसाधन भागवण्डा गर्नु परिरहेको ।
  • विकासको प्राथमिकता भौतिक विकास (विशेषत: सडक) तर्फ हुने गरेको ।  
  • नगरपालिकाको आन्तरिक आय तुलनात्मक रुपमा न्यून रहेको ।
  • अवसरहरु:
  • प्राकृतिक स्रोतको प्रचुर उपलब्धता ।
  • धार्मिक तथा पर्यटकीय क्षेत्रले भरिएको ।
  • कालिगण्डकी तथा म्याग्दी नदीको उपलब्धता ।
  • विकासप्रेमी जनप्रतिनिधि ।
  • विवादरहित नगर सभा तथा कार्यपालिका बैठक ।
  • अझैसम्म आर्थिक रुपले सक्रिय जनशक्तिको उपलब्धता ।
  • कृषि, पशु व्यवसाय, धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको भरपूर सम्भावना ।
  • चुनौतीहरु:
  • सबै वडाहरुमा सन्तुलित विकास गर्नु । (सर्वपक्षीय विकास र दिगो विकास)
  • वडातहमा सुविधाजनक सडक पुर्याउनु ।
  • बजेटको आकार र आन्तरिक स्रोत अभिवृद्धि गर्नु ।
  • सार्वजानिक खरिद तथा निर्माण प्रक्रियालाई पारदर्शी, मितव्यायी बनाउनु ।
  • नगरपालिकाको फोहोर व्यवस्थापन प्रभावकारी बनाउनु ।
  • प्रशासन संयन्त्रलाई सबल, सक्षम, सूचना प्रविधिमैत्री, क्षमता र पारदर्शी बनाउनु ।
  • जनअपेक्षाको सम्बोधन गर्नु ।
  • बेनी बजारको घना बस्तीलाई व्यवस्थापन गर्नु ।

समाप्त

बेनी नगरपालिकाले २०८० चैत १२ गते रत्नेचौरमा आयोजना गरेको सार्वजनिक सुनुवाई तथा प्रगति समिक्षा कार्यक्रममा प्रस्तुत प्रतिवेदन ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...