रघुगंगाको ठाडाखानीमा सामुदायिक स्वास्थ्य इकाई

Gandaki Pardesh notice

बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ ।

रघुगङ्गा गाउँपालिकाले स्वास्थ्य एकाइ स्थापना गरेपछि स्थानीयवासीले सामान्य बिरामी पर्दासमेत औषधि उपचारका लागि पुरै दिन खर्चेर स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् ।

वडा अध्यक्ष मनकुमार शेरपुञ्जाका अनुसार करिब २०० घरधुरीको बसोबास रहेको ठाडाखानीबाट वडा स्तरको स्वास्थ्य चौकी रहेको पाखापानी पुग्न, उपचार गर्न र फर्कर्दा पुरै दिन समय खर्चनुपर्ने समस्या थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

एकाइ खुलेपछि गाउँमै आधारभूत स्वास्थ्य सेवा पाएर राहत मिलेको छ । ठाडाखानीमा अल्पसङख्यक छन्त्याल समुदायको बढी बसोबास छ । भीर र जङ्गलको बाटो भएर स्वास्थ्य संस्था पुग्न सास्ती भएको थियो । वडा सदस्य टेकजित छन्त्यालले आधारभूत औषधि उपचार सेवा नपाएर ज्यान गुमाउनुपर्ने बाध्यता हटेकामा खुशी व्यक्त गर्नुभयो ।

एकाइ सञ्चालनका लागि गाउँपालिकाले रु. ६ लाख पचास हजार बजेटबाट भवन र एक÷एक जना अहेव र सहयोगीको व्यवस्था गरेको वडा अध्यक्ष शेरपुञ्जाले बताउनुभयो । स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरण सम्बन्धी सेवा दिइने गाउँपालिकाका अध्यक्ष भबहादुर भण्डारीले बताउनुभयो ।

रघुगंगाको ठाडाखानी, कुइनेखानी, रायखोर, दर्मीजा, बादुक, राममन्दिर र मौवाफाँटमा स्वास्थ्य एकाइ स्थापना गरेर स्वास्थ्य सेवा विस्तार गरिएको छ । वडा स्तरका स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायक पर्ने गाउँमा इकाई स्थापना गरेर सेवा विस्तार गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

इकाईको हालै गाउँपालिकाका अध्यक्ष भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी लगायतको उपस्थितिमा उद्घाटन गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...