समुदायमा पुगेर क्षयरोगी पहिचान गर्ने कार्यक्रम आवश्यक

Gandaki Pardesh notice

बेनी, म्याग्दीका क्षयरोगी पहिचान गर्नै चुनौति देखिएको छ ।

बिरामी आफै स्वास्थ्य संस्थामा नआउने, समुदाय स्तरमा क्षयरोग परिक्षण गर्ने कार्यक्रम अभाव र पहिचान भएकाले नियमित औषधी सेवन नगर्ने समस्या क्षयरोग निवारणमा चुनौति बनेको हो ।
स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुुख भुुवन ठकुराठीले नियमित औषधी सेवन गरेमा निको हुने सरुवा क्षयरोगलाई देवीदेवताका कारण मानेर हेलचक्र्याई गर्नाले पनि मानिसको ज्यान लिने र धेरैलाई सर्ने गरेको बताउनुभयो ।

“स्थानीय तहहरुले क्षयरोगमुक्त पालिका बनाउन समुदाय स्तरमा पुगेर क्षयरोगी पहिचान र नियमित औषधी उपचारको व्यवस्था मिलाउने कार्यक्रम बनाउनुपर्छ,” उहाँले भन्नुभयो “क्षयरोग परिक्षण गर्ने प्रयोगशाला र जनशक्ति सिमित हुँदा परिक्षणको दायरा बढाउन सकिएको छैन् ।”

Shreekrishna hardwear in news

लगातार २ हप्ता भन्दा बढी समय सुख्खा खोकी लाग्ने, साँझपख ज्वरो आउने जस्ता लक्षण भएमा क्षयरोग परिक्षण गराउन बेनी अस्पतालका चिकित्सक अनुषा मानन्धरले अनुरोध गर्नुभयो । स्वास्थ्यकर्मीको निगरानीमा ६ महिनादेखि १३ महिनासम्म नियमित औषधी सेवन गरेमा क्षयरोग निको हुन्छ ।

Bhautik ministry notice about road

म्याग्दीमा चालु आर्थिक वर्ष २०८१÷०८१ को ८ महिनामा २४ जना नयाँ क्षयरोगी पहिचान भएका स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले बताउनुभयो । बेनी नगरपालिकामा १२, मालिका गाउँपालिकामा ४, धवलागिरी, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा २÷२ जना क्षयरोगी भेटिएका हुन् ।

गत आर्थिक वर्ष २०७९÷०८० मा बेनी नगरपालिकामा २८, अन्नपूर्ण गाउँपालिकामा ८, रघुुगंगामा ५, धवलागिरीमा ६, मालिकामा ८ र मंगला गाउँपालिकामा ५ जना क्षयरोगी भेटिएको थिए । २०७८÷०७९ मा जिल्लाभर ५८ जना क्षयरोगी भेटिएका थिए ।

“म्याग्दीको जनसंख्याको अनुपातमा वार्षिक २४९ जना क्षयरोगीका बिरामी पहिचान हुनुपर्नेमा लक्ष्य भन्दा कम भेटिएका छन,” सुवेदीले भन्नुभयो “म्याग्दीका बिरामीहरु उपचारका लागि बाहिरि जिल्लामा गएर रोग पहिचान भएको पनि अवस्था छ ।”

म्याग्दीमा क्षयरोगीको उपचारको सफलता दर भने उच्च छ । गत आर्थिक वर्षमा ९६.०६ प्रतिशत उपचार सफल भएको थियो । बेनी अस्पताल, भुरुङ तातोपानी स्वास्थ्य चौकी र दरवाङ आधारभूत अस्पतालको प्रयोगशालामा मात्र क्षयरोग परिक्षण हुुन्छ ।

भुरुङ तातोपानी र दरवाङको प्रयोगशालामा नियमित स्वास्थ्यकर्मी नहुँदा बेनीकै प्रयोगशालामा खकार परिक्षण गर्न ल्याउने गरिएको छ । क्षयरोग निवारण सम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखेर समुदाय स्तरमा जनचेतना अभिवृद्धि, परिक्षण र उपचारमा पहुँच बढाउनुपर्ने स्वास्थ्य कार्यालयका प्रमुख ठकुराठीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...