धवलागिरी गाउँपाकिलामा तातोपानीको नयाँ मुहान भेटियो

Gandaki Pardesh notice

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा तातोपानीको नयाँ मुहान भेटिएको छ ।
बगर गाउँ मुनीको लपचिस महजरा भन्ने ठाउँमा प्राकृतिक रुपमा तातोपानी निस्कने मुहान भेटिएको हो । नाउरा–बगर जोड्ने सडक निर्माणका क्रममा बाफ उडेको देखेपछि छाम्ने क्रममा तातोपानीको मुहान पत्ता लागेको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले जानकारी दिनुभयो ।

“म्याग्दी नदीको किनारमा वाफ उडेको र बिरेनुनको गन्ध आएपछि त्यहाँ पुग्दा तातोपानीको मुहान भेटियो,” उहाँले भन्नुभयो “म्याग्दी नदीलाई डाईभर्सन र मुहानलाई संरक्षण गरेर स्नान स्थलको रुपमा विकास गर्ने योजना बनाएका छौ ।”

जमिनभित्रबाट करिब ५० डिग्री सेल्सीयस तापक्रममा निस्कने पानीको मुहानमा पुग्न बगर गाउँबाट करिब ३० मिनेट हिड्नुपर्छ । यसअघि सो तातोपानीको मुहानसम्म पुग्ने बाटो थिएन् । म्याग्दी नदीमा निर्माणाधिन जलविद्युत आयोजनाले बगर गाउँदेखि महजरासम्म सडक निर्माण गरिसकेका छन् । नाउरा देखि महजरा हुदै बगर जाने सडक निर्माणाधिन छ ्।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

जलविद्युत आयोजनाका कर्मचारी, मजदुर र स्थानीय बासिन्दाहरु सोही तातोपानीमा स्नान गर्न जान थालेका छन् । पानीमा विरेनुन र अण्डा उमालेको जस्तो गन्ध आउने बगरका बासिन्दा समेत रहेका वडा सदस्य हरिप्रसाद तिलिजाले बताउनुभयो ।

“सानो हुँदा त्यहाँ तातोपानीको मुहान भएको सुनेको थिए,” उहाँले भन्नुभयो “५५–६० वर्षपछि मुहान भेटियो । यसलाई संरक्षण र व्यवस्थित गर्नुपर्छ ।” तातोपानीको पोखरीमा स्नान गरेमा चोट पटक लागेको, सुन्निएको, बज्रिएको, ग्यास्ट्रिक लगायत स्वास्थ्य समस्या निको हुने जनविश्वास छ ।

तातोपानीको स्रोत मध्यम किसिमको छ । व्यवस्थित पोखरी बनाउन सकेमा २० देखि २५ जना सम्मले स्नान गर्न सक्छन् । धवलागिरि हिमाल आरोहण गर्न जाने पदमार्गमा पर्ने बगर गाउँ नजिकै रहेको अर्को तातोपानी कुण्ड रहेको छ । त्यहाँ स्थानीयबासीहरुले स्नान गरेर स्वास्थ्य लाभ लिने गर्दछन् ।

म्याग्दीमा अन्नपूर्ण गाउँपालिकाको दोवा सेकार्कु, भुरुङ्ग, पाउद्धार, रातोपानी र कटुञ्जेमा यसअघि पहिचान भएका तातोपानीका मुहानको संरक्षण र व्यवस्थापन हुदै आएको छ । यसैगरी बेनी नगरपालिका–४ को सिंगा, रघुगंगा गाउँपालिका–४ को दर्मीजा, धवलागिरी गाउँपालिका–१ गुर्जा र वडा नम्बर ४ बगरमा रहेका तातोपानी कुण्डहरु प्राकृतिक उपचार स्थलको रुपमा प्रयोग भएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...