ट्राफिक प्रहरीको चालकसँग एक मिनेट

Sinchai Khanipani notice

बेनी । जिल्ला ट्राफिक प्रहरी कार्यालय, म्याग्दीले ‘चालकसँग एक मिनेट’ कार्यक्रम शुरु गरेको छ ।

सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्ने र कोरोना संक्रमणबाट बच्ने, बचाउने उद्देश्यले एक महिने कार्यक्रम शुरु गरिएको कार्यालयका प्रमुख मिनबहादुर खड्काले बताउनुभयो ।

बेनी–जोमसोम सडक अन्तरगत बेनी–६ जलेश्वरमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरीको उपस्थितिमा कार्यक्रमको सुरुवात गरिएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

बिहान ११ देखि १२ बजेसम्म गरिएको सो कार्यक्रममा ५५ वटा सवारी साधनका चालकहरुलाई सम्मानपुर्वक नमस्कार गर्दै कोरोनाबाट बच्न र दुर्घटना न्युनीकरणका लागि सावधानी अपनाउन आग्रह गरिएको थियो । उनिहरुलाई सन्देशमुलक पर्चा समेत बितरण गरिएको थियो ।

कोरोनाबाट बच्नका लागि सामाजिक दुरि कायम गरि अनिवार्य रुपमा मास्क प्रयोग गर्न, सवारी चलाउँदा अनिबार्य सिटबेल्ट बाध्न, मोटरसाइकल र स्कुटर चलाउँदा अनिवार्य रुपमा हेल्मेटको फित्ता लगाउन, मादक पदार्थ तथा नसाजन्य बस्तुको प्रयोग नगरी सावरी चलाउन आग्रह गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...