निबन्ध लेखन प्रतियोगितामा बिजयीलाई पुरस्कार वितरण

Gandaki Pardesh notice

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्रोएसियाले आयोजना गरेको निबन्ध लेखन प्रतियोगिताका बिजयीहरुलाई शनिबार पुरस्कार वितरण गरिदएको छ ।

गत फागुन १० गते देखि २५ गतेसम्म आयोजित निवन्ध लेखन प्रतियोगिताको नतिजा प्रकाशन सहित पुरस्कार वितरण गरिएको हो । १३ जनाले भाग लिएको प्रतियोगितामा बेनी नगरपालिका –९ नेप्टेचौरका शिक्षक शंकर चोखाल प्रथम हुनुभएको छ ।

मंगला गाउँपालिका–१ पूर्णगाउँका शिक्षक मुकुन्द प्रसाद रेग्मी द्वित्तिय, जामुनाखर्कका मित्रवन्धु सुवेदी (कल्याण) तृतिय र अर्थुङ्गेकी समिता आचार्य सान्तवना हुनुभएको छ । प्रथम, दृतीय, तृतीय र सान्तवना हुनेले क्रमश ः रु २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद सहित ट्रफि र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नुभएको छ ।

Shreekrishna hardwear in news

कक्षा ८ को विद्यार्थीले वौद्धिक तथा शैक्षिक स्तरको कार्यक्रममा सहभागीता जनाएको हुँदा प्रोत्साहनको लागि लिटिल गार्डेन एकेडेमीका सुप्रभा जिसी र प्रकाश माविकी कक्षा ८ की प्रक्षा रिजाललाई रु. दुई हजार पाँच सयका दरले पुरस्कृत गरिएको थियो ।

बेनी नगरपालिका प्रमुख सुरत केसी, मोना क्रोएसियाका अध्यक्ष रुपेश सुन्दास लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकार हरिकृष्ण गौतम र अमित विश्वकर्मालाई दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो भने पत्रकार महासंघका अध्यक्ष प्रकाश पौडेल, शिव आचार्य, सन्तोष गौतम, कमल खत्री, साधन राम्जालीलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

Bhautik ministry notice about road

कार्यक्रममा नगरप्रमुख केसीले विदेशमा सिकेको ज्ञान र सिपलाई जिल्लामा हस्तान्तरण गर्न प्रवासी म्याग्देलीहरुलाई आव्हान गर्नुभयो । मेयर केसीले प्रवासी म्याग्देलीहरुले जिल्लामा उत्पादनमुखि क्षेत्रमा लगानीगर्न आवश्यक रहेको बताउनुभयो ।

‘अव जिल्लामा फर्केर उद्योग तथा अन्य उत्पादनको क्षेत्रमा लगानी गर्नुस सहजताका लागि नीतिगत निर्णय के गर्नुपर्छ त्यसका लागि हामी तयार छौँ’, मेयर केसीले भन्नुभयो ।

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लिलाराम गौतम, मोना अन्तराष्ट्रियका संरक्षक सुवास कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ म्याग्दी शाखा अध्यक्ष प्रकाश पौडेल, म्याग्दी जिल्ला भलिबल संघका तेजेन्द्र बानियाँ र निर्णायक संयोजक त्रिविक्रम सुवेदीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतियोगिताका निर्णायकहरु राम प्रसाद सुवेदी, पशुपति केसी, नन्द गर्वुजा र रामकृष्ण शर्मा रहनुभएको थियो । कार्यक्रममा निर्णायक सहित सहयोगीदाताहरुलाई समेत सम्मान गरिएको थियो । त्यस्तै प्रतियोगितामा सहभागि विद्यार्थीहरुलाई पनि सहभागि प्रमाणपत्र नगद सहित प्रदान गरिएको थियो ।
मोना क्रोएसियाका अध्यक्ष रुपेश सुन्दासको अध्यक्षता र गोकुल सुनारको संचालनमा सम्पन्न भएको कार्यक्रममा मोना क्रोएसियाका संस्थापक अध्यक्ष तथा निवन्ध प्रतियोगिताका संयोजक रामकृष्ण शर्माद्वारा लिखित स्वागत मन्तव्य अनिता गौतमले बाचन गर्नुभएको थियो ।

कार्यक्रममा बाल कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । प्रवासी म्याग्देलीको साझा नारा “प्रवासी म्याग्देली दृष्टि, समृद्ध म्याग्दीको सृष्टि” विषयमा निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रवासमा तथा जिल्लामा रहेका म्याग्देलीहरुको वौद्धिक स्तर वृद्धि सहित शिक्षित व्यक्तिहरुलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसरको रुपमा निबन्ध लेखन प्र्रतियोगिता आयोजना गरिएको र यस्ता कार्यक्रमहरुलाई मोना क्रोएसियाले निरन्तरता दिदै जाने अध्यक्ष सुन्दासले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...