रत्नेचौरका जेष्ठ नागरिकलाई आयुर्वेद स्वास्थ्य सेवा

Gandaki Pardesh notice

कुशल शर्मा

रत्नेचौर,। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका जेष्ठ नागरिकलाई आयुर्वेद स्वास्थ्य उपचार सम्बन्धी सेवा दिइएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीले बेनी नगरपालिकाको वडा नम्बर १ को कार्यालयसँग समन्वय गरेर जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम मार्फत स्वास्थ्य परिक्षण र औषधी वितरण गरेको हो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

६० वर्ष उमेर पुगेका ५७ जना पुरुष र ७० जना महिला गरि १२७ जनाले कार्यक्रमबाट सेवा लिएका आयुर्वेद स्वास्थ्य केन्द्रका अभ्यङ्गकर्ता शिशिर बानियाले जानकारी दिनुभयो । केन्द्रका निमित्त प्रमुख दामोदर शर्मा, वैद्य निरीक्षक प्रेमप्रसाद गौतम र ल्याब टेक्नी सियन रजनी विश्वकर्माको टोलीले सेवा दिनुभएको थियो ।

रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर थापाले उद्घाटन गर्नुभएको कार्यक्रममा स्थानीय कृष्ण बहादुर बोगटीले मन्तब्य व्यक्त गर्नुभएको थियो । ग्रामिण क्षेत्रका जेष्ठ नागरिकहरुलाई घरदैलोमै आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम गरिएको केन्द्रले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...