एमालेका नेताहरुलाई अभिमुखीकरण

Add Samajik bikash office

बेनी, । नेकपा एमाले जिल्ला कमिटि म्याग्दीले नवनिर्वाचित पालिका कमिटिका पदाधीकारीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ ।

संगठन सञ्चालन सम्बन्धी ज्ञान सिप प्रदान र क्षमता विकास गर्ने उद्देश्यले शुक्रबार बेनीमा भएको कार्यक्रमको केन्द्रिय सदस्य भुपेन्द्र थापाले उद्घाटन गर्नुभएको थियो ।

Bhautik ministry notice about road

एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीको अध्यक्षता, सचिव थमसरा पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपसचिव खड्ग गिरिले स्वागत गर्नुभएको थियो । सदस्यता संगठनात्मक सिद्धान्तको विषयमा जिल्ला अध्यक्ष सुवेदी, पालिका कमिटि र पदाधीकारीहरुको काम कर्तब्य र अधिकारका विषयमा गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, स्थानीय तहमा सामान्य लेखा व्यवस्थापन विषयमा विषय विज्ञ श्रीधर सुवेदीले प्रशिक्षण दिनुभएको थियो ।

Shreekrishna hardwear in news

यही चैत महिनाभित्र सवै वडाहरुको अधिवेशन र सदस्यता नविकरण सम्पन्न गर्ने लक्ष्य सहित कार्ययोजना बनाइएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । कार्यक्रममा प्रदेश सदस्य खुमबहादुर बानिया, खरमाया बिटालुको पनि उपस्थिति रहेको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...