काफलडाडामा तेस्रो मैतिमाया कप हुने

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ काफलडाडामा नयाँ वर्ष २०८१ को अवसरमा तेस्रो मैतिमाया कप हुने भएको छ ।

देवी देउराली युवा क्लवले सातौ वार्षिकोत्सवको अवसरमा मैतिमाया कमप तथा विविधि खेलकुद र सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।

क्लवका मेला अध्यक्ष लोकेश गर्बुजाले पुरुष फुटसल, महिला फुटसल, प्रौढ फुटसल र सो डान्स प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

चैत २७ देखि वैशाख १ गतेसम्म सञ्चालन हुने कार्यक्रमको तयारी तिब्र बनाइएको छ । फुरुष फुटबलमा प्रथमलाई रु. पचास हजार र दृतीयलाई रु. पच्चिस हजारको साथमा प्रमाणपत्र र मेडल प्रदान गरिने भएको छ ।

महिला फुटबलमा बिजेतालाई रु. १५ हजार उपबिजेतालाई रु. दश हजार, डो डान्समा बिजेतालाई रु. दश हजार र उपबिजेतालाई पाँच हजार तथा प्रौढ फुटबलमा बिजेतालाई रु. दश हजार र पाँच हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

साथै पुरुष फुटबलमा उत्कृष्ट खेलाडी, गोलरक्ष र डिफेनडरलाई ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । ऐतिहाँसिक ताकमकोतको नजिकै रहेको काफलडाडा गाउँको प्रचारप्रसार, आन्तरिक पर्यटन प्रर्वद्धन र परम्परागको जगेर्ना गर्ने उद्देश्य रहेको क्लवका अध्यक्ष लेखबहादुर पुनले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...