दलित महिलाहरुको क्षमता विकास तालिम

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनीमा अन्तराष्ट्रिय जातीय भेदभाव उत्मुलन दिवसको अवसरमा दलित महिलाहरुको नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

कदम म्याग्दी र सामाजिक विकास कार्यालय म्याग्दीको आयोजना तथा फेमिनिष्ट दलित संगठनको समन्वयमा स्थानीय तह र समुदायको नेतृत्वदायी भूमिकामा रहेका दलित महिलाहरुको क्षमता विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । चैत ८ र ९ गते सञ्चालन भएको तालिममा मंगला, अन्नपूर्ण, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाका २६ जनाको सहभागिता रहेको थियो ।

Bhautik ministry notice about road

तालिममा संविधानमा उल्लेखित मौलिक हक र महिलाको अधिकार तथा महिला सशक्तिकरण जाती र कानुनी व्यवस्थाहरु नगरिकताको सम्बन्धमा भएका कानुनी व्यवस्थाहरु, नेतृत्व विकास तथा उद्घोषण कला सम्बन्धी प्रशिक्षण, बैठक सञ्चालन र माईन्युट लेखन सिप, निवेदन लेखन सिप, सामान्य प्रस्ताव लेखन सिप, आय व्यय राख्ने सिप बारे सहजिकरण गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, सरकारी वकिल कार्यालयका वरिष्ठ अधिवत्ता खेमराज पाठक, सञ्चारकर्मी कृष्ण जिसी, गैससकर्मी मुक्ति ढुङ्गानाले सहजिकरण गर्नुभएको तालिमको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

कदम म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलको अध्यक्षता र जनस्वास्थ्य निरिक्षक निरमाया मिजारले सञ्चालन गर्नुभएको कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा, जिल्ला समन्वय समितिका सदस्य जानकी विश्वकर्मा, बबिता विश्वकर्मा, फेमिनिष्ट दलित संस्थाका अध्यक्ष सम्झना परियारको उपस्थिति रहेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...