सहरबाट गाउँ फर्किएर होटल चलाएका गौचन

Sinchai Khanipani notice

बेनी । मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरीकोटका ५२ वर्षीय राजु गौचनको ५ वर्षअघि सम्म काठमाडौ रेष्टुरेन्ट थियो । काठमाडौको व्यस्त बजार दरबारमार्गमा रहेको रेष्टुरेन्टको कमाई राम्रो र आकर्षक थियो ।
छोराहरुलाई सुविधा सम्पन्न ठाउँमा राखेर पढाउने र व्यवसाय गर्न वि.स. २०५३ मा श्रीमती सपनासँगै काठमाडौ छिरेका गौचन वि.स. २०७५ मा गाउँ फर्किए । २२ वर्ष काठमाडौ बसेर गाउँ फर्किएका गौचन दम्पती थासाङ गाउँपालिका–२ ताङछरामा होटल व्यवसायमा जमेका छन् ।
होटल होलीडे क्याम्प चलाएका राजुलाई श्रीमति सपनाको साथ छ । रु. ३ करोड ५० लाख लगानीमा खोलेको होटलमा अन्य २ जनाले पनि रोजगारी पाएका छन् । “व्यवसाय, अवसर र सुविधाका लागि काठमाडौ गएको थियौ,” उहाँले विगत स्मरण गर्नुभयो भन्नुभयो “काठमाडौमा भन्दा राम्रो सम्भावना र अवसर देखिपछि गाउँ फर्किएर व्यवसाय शुरु गरेको हो ।”

बेनी–जोमसोम–कोरला सडक स्तरोन्नितिको अन्तिम चरणमा रहेको, मुस्ताङमा पर्यटक बढेका र कोरला नाका सञ्चालनको तयारी भएकाले गाउँमै व्यवसायिक सम्भावना बढेको गौचनको बताउनुभयो ।

default
Shreekrishna hardwear in news

काठमाडौमा स्नातक अध्ययन गरिरहेका २ छोरालाई विदेश नपठाएर व्यवसाय जिम्मा लगाउने गौचनको योजना छ । “सबै परिवार सँगै भएर व्यवसाय गर्नुमा आनन्द लाग्छ,” राजुले भन्नुभयो “छोराहरु बिदेश पठाउने होइन । गाउँ फर्किएर व्यवसाय गर्ने वातावरण बनाइदिएका छौ ।”

बेनी–जोमसोम सडकको कैकु देखि लेते–छाक्ताङ–ताङछरा–बोक्सीखोला–कोवाङ खण्ड कालोपत्र भइसकेको छ । सडकको छेउमै रहेको १६ रोपनी क्षेत्रफलको पुरख्यौली जग्गामा गौचनले क्याम्पीङ सुविधा सहितको होटल चलाउनु भएको छ ।

खेतीबाली लगाउन छाडेपछि जंगल पल्टीएको जग्गामा होटलका संरचना बनेका छन् । सल्लाका रुखहरु भने यथावत छन् । पाहुनालाई जंगलमै बसेको महशुस दिलाउन सल्लाको जंगल छेउमै १५ वटा टेन्ट राखिएको छ ।

ढुङ्गाले बनेको होटलको भवनका झ्याल ढोका र पर्खाल तथा छानोमा मौलिक सिप र कला झल्किएको छ । परम्परागत शैलीको ढुङ्गेघरमा बनेका कोठाको चाबी झुण्डाउने ‘किरिङ’ याकको सिङको छ । रेष्टुरेन्ट र टेन्ट बाट व्यवसाय शुरु गरेका गौचनले हालै १० कोठे २ तले घर बनाएर कोठामा बस्न चाहने पाहुनालाई पनि सुविधा दिनु भएको छ ।

एट्याच बाथरुम र तातोपानीले स्नान गर्न पाउने सुविधा भएको होटलको बसाई गाउँले र पारिवारिक महशुस भएको काठमाडौका प्रकाश केसीले बताउनुभयो । म्याग्दीको खानीबाट स्लेट ढुङ्गा लगेर छानो छाउन र बाटोमा बिछ्याउन प्रयोग गरिएको छ ।

‘डाइनिङ’ हल संग्रहालय जस्तै छ । पिङ पनि खेल्न सकिन्छ । थकाली समुदायले प्रयोग गर्ने भाडाकुडालाई आकर्षक रुपमा सजाएर राखिएको छ । महिला र पुरुषले प्रयोग गर्ने शौचालयको ढोकामा गाउँघरमा प्रयोग हुने ‘कान्छा’ र ‘कान्छी’ शब्द लेखिएको छ । होटल परिसरमा रहेको पोखरीमा माछा र पाहा पालिएको छ । खोलाको बगिरहेको पानी ल्याएर गौमुखी धाराबाट झारिएको छ । काठलाई विभिन्न आकृतिमा कुडेर सजाइएको छ ।

Bhautik ministry notice about road

घरमै पालेका कुखुरा र हाँसको मासु, फापरको पिठोको ढिडो र रोटी मुस्ताङ आलु, च्याउ र टुसा होटलका थकाली खाना बाहेकका विशेष परिकार हुन् । लामो दुरीमा यात्रा गर्ने पाहुनाहरुका लागि होलीडे क्याम्प थकाई मेटाउने थलो हो । म्याग्दी, बागलुङ र पर्वतका व्यवसायी, कर्मचारी, पेशाकर्मीहरु परिवार सहित रमाउन पुग्छन् ।

गुरुसाङवो गुफा, सेकुङ, भुतर्छो र टिटी ताल ताङछरा नजिकैका पर्यटकीय गन्तब्य हुन् । धौलागिरि आइसफल जाने पदमार्गको प्रवेशबिन्दु ताङछरा हो । विभिन्न आकृतिका दृष्य अवलोकन गर्न सकिने गुरुसाङवो गुफामा वौद्ध धर्म गुरुहरुले तपस्या गरेका थिए ।


ताङछरा देखि सेकुङ हुदै भुतर्छो ताल जोड्ने सडक सुविधा छ । करिब तीस मिनेटको अवधिमा सेकुङ र भुतर्छो तालको यात्रा गर्न सकिन्छ । दुई वटै तालको पृष्ठभुमिमा पुर्वतर्फ निलगिरि र पश्चिममा धवलागिरि हिमाल देख्न सकिन्छ ।
समुन्द्रि सतहदेखि दुई हजार ६८३ मिटरको उचाईमा सल्ला र धुपीका रुखहरु रहेको जंगलको विचमा अवस्थित भुर्छतो तालको लम्बाई करिब पाँच सय मिटर, चौडाई पचास मिटर र गहिराई पाँच मिटर भएको अनुमान छ


थकाली भाषामा (पुच्छोर) भनेर चिनिने भुर्छतो ताल विभिन्न प्रजातीका हाँस, चरा र रतुवा मृगको बासस्थान क्षेत्र हो । सुख्खा मौसममा यस तालमा पुजाआजा गरेमा बर्षा हुने जनविश्वास छ ।


करिब १५० मिटर लम्बाई र विस मिटर चौडाई रहेको सेकोङ ताल समुन्द्रि सतहदेखि दुई हजार ७२५ मिटरको उचाईमा अवस्थित छ । ताल परिसरमा चौरि, भेडाबाख्रा र गाईभैसीको चरन खर्क छ ।


सेकुङ र भुतर्छो ताल देखि करिब एक घण्टा तीस मिनेट पैदलयात्रा गरेपछि पुगिने टिटि ताल चराहरुको बासस्थान हो । १८६ प्रजाती चराको बासस्थान रहेको टिटि तालमा ३ प्रजातीका हास पाइने अन्नपूर्ण संरक्षण क्षेत्र (आयोजना) एक्यापले जनाएको छ ।
यी तालहरुमा आकाश खुलेको अवस्थामा धवलागिरि र निलगिरि हिमालको छाया देखिन्छ । सेकुङ र भुर्छतो ताल धवलागिरि आईसफल जाने पदमार्गको प्रवेश विन्दुमा पर्छ । ताल परिसरको चरन खर्कमा शरद र वसन्त ऋतुमा गाईभैसी, भेडाबाख्रा र चौरी गोठ रहन्छन् ।


चलचित्र र गितका म्युजिक भिडीयो छायांकनका लागि यो ताल “भर्जीन” स्थल बन्न सक्ने सम्भावना रहेको छ । धवलागिरी हिमालको पुर्वी मोहोडबाट निरन्तर खरिरहने हिउँपहिरो नजिकबाट अवलोकन गर्न सकिने आईसफलमा पुग्न ताङछरा देखि ५ घण्टा पैदल हिड्नुपर्छ । आईसफल पुग्ने यो छोटो पदमार्ग हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...