मानवअधिकार रक्षकहरुको सुरक्षासम्बन्धी विषयमा छलफल

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको सदरमुकाम बेनीमा बुधवार नेपालमा नागरिक अधिकार तथा मानवअधिकार रक्षकहरुको अवस्था, सुरक्षा र संरक्षण सम्बन्धी व्यवस्था विषयक छलफल तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ ।

शान्तिका लागि साझा अभियान कोक्यापको आयोजना र मिलन म्याग्दीको समन्वय तथा सहकार्यमा कार्यक्रम गरिएको हो । शान्ति, न्याय र सबल संस्थाको लागि नागरिक समाज, नागरिक समाजको वर्तमान अवस्था विश्लेषण तथा मानव अधिकारकर्मीहरुको संरक्षण सम्बन्धी परामर्श वैठक गरिएको आयोजकले जनाएका छन् ।

कार्यक्रममा सहजीकरण गर्दै कोक्यापका कार्यकारी निर्देशक सरोज नेपालले द्वन्द्वपीडित र राज्यको बीचमा जहिले पनि द्वन्द्व भैरहने बताउँदै नागरिक समाजले अधिकारको पूर्ण उपयोग गर्नसके उन्नत समाजको निर्माण हुने बताउनुभयो ।

Shreekrishna hardwear in news

कार्यक्रममा कोक्यापका कार्यकारी निर्देशक नेपालले नेपालमा नागरिक अधिकार तथा मानवअधिकार रक्षकहरुको अवस्था, सुरक्षा र संरक्षण सम्बन्धी व्यवस्थाको विषयमा आधारित रहेर आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो ।

Bhautik ministry notice about road

शान्तिपूर्ण आन्दोलनमा राज्य पक्षबाट हुने धरपकड, मानव अधिकारको उल्लङ्घन, हक अधिकारको माग जस्ता विषयहरु प्रस्तुत गरिएको थियो । प्रस्तुतीकरणपश्चात् अन्तत्र्रिmया र छलफल गरिएको कार्यक्रममा सहभागीहरु भीमबहादुर रिजाल, सुरेन्द्र खत्री र अमर बानियाँ लगायतले आ–आफ्नो जिज्ञासा र धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको समापन गर्दै कोक्याप नेपालका अध्यक्ष पुष्प भूषालले संस्थामार्फत मानवअधिकार रक्षकहरुको लागि क्षमता अभिवृद्धि तालिम, पहुँच तथा सञ्जाल विस्तार एवं सुरक्षा र संरक्षण जस्ता सहयोगहरु उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।

अध्यक्ष भूषालको अध्यक्षता, मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले स्वागतसहित उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रमको सचिव ज्ञानुकुमारी बानियाँ केसीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा जिल्लास्थित विभिन्न संघसंस्थाका प्रतिनिधि, द्वन्द्वपीडितहरु र पत्रकारको उपस्थिति रहेको थियो ।

वि.सं.२०५९ सालदेखि नेपालमा शान्ति, मानवअधिकार र लोकतन्त्रको क्षेत्रमा काम गर्दै आइरहेको कोक्याप संस्था देशका २९ जिल्लाका ४३ वटा संस्थाहरुको राष्ट्रिय सञ्जाल हो । यसले शान्ति र मानव अधिकारको क्षेत्रमा सञ्जालका सदस्य संस्था र स्वयंसेवकहरुसँगको सहकार्यमा स्थानीय, प्रादेशिक र राष्ट्रव्यापी अभियानहरु सञ्चालन गर्दै आइरहेको जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...