जलजलाका अशक्त अपाङ्गता भएकालाई घरमै परिचयपत्र

Gandaki Pardesh notice

बेनी । पर्वतको जलजला गाउँपालिकाले अशक्त अपाङ्गता भएकालाई घरमै पुगेर परिचयपत्र उपलब्ध गराएको छ ।

पालिका स्तरीय अपाङ्गता समन्वय समितिका पदाधीकारीहरुले अशक्त अपाङ्गको घरमै पुगेर वर्ग पहिचान गरी परिचयपत्र उपलब्ध गराएको हो । घरमै परिचयपत्र पाउँदा पालिकामा जाने आउने समय र खर्चको बचतका साथै सास्ती र झञ्जटबाट मुक्त भएको लाभग्राहीहरुले बताएका छन् ।

प्रत्येक ३÷३ महिनामा बस्ने समितिको बैठकमा प्राप्त भएका निवेदन, कागजात, सामाजिक र शारिरिक अवस्थाको विषयमा अध्ययन हुने गर्छ । गाउँपालिका उपाध्यक्ष दिपक आचार्य (आकाश) अध्यक्ष रहेको समितिमा महिला तथा बालबालिका शाखाका प्रमुख बिन्दु शर्मा, पर्वत अस्पताल, प्रहरी चौकी लगायतका प्रतिनिधि गरि १० जना सदस्य छन् । गाउँपालिका र अस्पताल पुग्न नसक्ने अति अशक्त र दुर्गम ठाउँका अपाङ्गको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन चिकित्सकलाई लिएर घरमै जाने गरिएको उपाध्यक्ष आचार्यले बताउनुभयो ।

Shreekrishna hardwear in news

बुधबार बसेको समितिको बैठकमा १५ वटा निवेदनको विषयमा छलफल भएको थियो । अति अशक्त ३ जना मध्य वडा नम्बर ३ वारीबेनीकी ६३ वर्षीया चन्द्रदेवी कर्माचार्यको स्वास्थ्य अवस्था र अपाङ्गताको वर्ग पहिचान गर्न उपाध्यक्ष आचार्य, पर्वत अस्पतालका चिकित्सक दिपक रेग्मी, महिला तथा बालबालिका शाखाका प्रमुख शर्मा र पर्वत बेनी प्रहरी चौकीका प्रतिनिधी घरमै पुग्नुभएको थियो ।

Bhautik ministry notice about road

विगत ८ वर्षदेखि हिडडुल गर्न, आफै खाना खान, शौचालय जान नसक्ने र मानसिक समस्या भएकी कर्माचार्यकी छोरी रन्जिताले गाउँपालिकामा अपाङ्गता परिचयपत्रका लागि आवेदन दिनुभएको थियो । रञ्जिताले लोकसेवा आयोगको परिक्षाको तयारी गर्ने क्रममा अपाङ्गले परिचयपत्रको आधारमा राज्यबाट सेवा सुविधा पाउने जानकारी पाएपछि आवेदन दिएको बताउनुभयो ।

चिकित्सक रेग्मीले कर्माचार्यलाई (क) बर्गको अपाङ्गता परिचयपत्र प्रदान गर्न सिफारिस गरिएको बताउनुभयो । थप २ जना अति अशक्तको पनि घरमै पुगेर स्वास्थ्य परिक्षण र परिचयपत्र दिने गाउँपालिकाले जनाएको छ ।

पछिल्लो कार्यकालको करिब डेढ वर्षको अवधिमा विभिन्न वर्गका १३३ जनालाई जलजला गाउँपालिकाले अपाङ्गता परिचयपत्र वितरण गरेको छ । १०० जना अति अशक्त अपाङ्गको घरमै पुगेर स्वास्थ्य परिक्षण र परिचयपत्र उपलब्ध गराएको उपाध्यक्ष आचार्यले बताउनुभयो ।

गाउँपालिका स्थापना हुनु अघि जिल्ला प्रशासन र महिला तथा बालबालिका कार्यालयबाट परिचयपत्र लिएका अपाङ्गहरुलाई पनि सुचिकृत गरेर स्मार्ट परिचयपत्र वितरण गर्न लागिएको उपाध्यक्ष आचार्यले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...