तिप्ल्याङका पसल र होटलमा म्याद नाघेका पेय पदार्थ र मदिरा

Gandaki Ghumau

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा रहेका पसल र होटलमा म्याद नाघेका मदिरा र पेय पदार्थ छ्याप छ्याप्ती भेटिएको छ ।

पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले बुधबार गरेको बजार अनुगमनका क्रममा तिप्ल्याङका होटल तथा पसलमा १ वर्ष अघिनै म्याद नाघेका पेय पदार्थ र मदिरा बिक्रीका लागि राखेको पाइएको हो ।

अनुगमन टोलीको नेतृत्व गर्नुभएका पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पोषानाथ शर्माले १७ वटा होटल तथा पसलमा अनुगमन गर्दा रु. ३० हजार मूल्य बराबरको म्याद नाघेका पेय पदार्थ र मदिरा भेटिएको जानकारी दिनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

उहाँका अनुसार बिक्रीका लागि राखिएका बियर, कोक, फेन्टा, भुजा र फुरन दानाको म्याद नाघेको पाइएको थियो । सबैभन्दा बढी म्याद नाघेका सामान नमस्ते होटलमा भेटिएको थियो ।

“एक वर्षअघिनै म्याद नाघेका सामान बिक्रीका लागि राखेको भेटियो,” कार्यालयका कर्मचारी सन्तोष ढुङ्गगानाले भन्नुभयो “पहिलो पटक भएकाले व्यवसायीलाई सचेत बनाएर म्याद नाघेका सामान डिलरकहाँ फिर्ता पठाउन लगाएका छौ ।”

सो ठाउँमा अर्को पटक बजार अनुगमनका क्रममा म्याद नाघेका सामान बिक्रीका लागि राखेको जफत र नष्ट गर्नुका साथै जरिवाना तिराउने कार्यालयले चेतावनी दिएको छ । तिप्ल्याङ म्याग्दी हुदै मुस्ताङ जाने आउने पर्यटक, तिर्थयात्री र पाहुनाहरुले खाजा खाना खाने ब्यापारिक केन्द्र हो ।

जिल्ला प्रशासन कार्यालय, वडा कार्यालय, अस्थायी प्रहरी बिट तिप्ल्याङका प्रतिनिधि र पत्रकारको टोलीले अनुगमन गरेको थियो । चालु आर्थिक वर्षको हालसम्म ९ पटक १६० वटा उद्योग, व्यवसायको अनुगमन गरेको कार्यालयले जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...