मुस्ताङमा थप ५ वटा मोटरेबल पुल निर्माण

Gandaki Pardesh notice

बेनी, गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक अन्र्तगत मुस्ताङमा थप ५ वटा मोटरेबल पुल निर्माण भएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत लोमान्थाङ गाउँपालिकामा ४ र थासाङ गाउँपालिकामा १ वटा मोटरेबल पुल निर्माण भएको हो । मोटरेबल पुल निर्माण भएपछि खोलामा सवारी साधन तारेर आवत जावत गर्नुपर्ने बाध्यता हटेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले बताउनुभयो ।

लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ, किम्लिङ, नाम्डोक र भर्मा खोलाको पुल निर्माणका लागि मुक्तिनाथ–अमित जेभीले वि.स. २०७६ असार ३१ गते रु. २३ करोड ७९ लाख ७२ हजार ९५१ मा ठेक्का सम्झौता गरेको थियो ।

Shreekrishna hardwear in news

कालिका–गजुरमुखी जेभीले वि.स. २०७६ चैतमा रु. ७ करोड ४२ लाखमा ठेक्का सम्झौता गरेको थासाङ गाउँपालिकाको छाक्ताङखोलामा डबल स्पाम भएको ८० मिटर लामो पुल पनि निर्माण सकिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

उहाँका अनुसार २० मिटर लामो लोमान्थाङ खोला मोटरेबल पुल निर्माणका लागि रु. ४ करोड ६८ लाख २ हजार ६३८ मा ठेक्का सम्झौता भएको थियो । ५० मिटर लम्बाइको किम्लिङ खोला पुलको लागत रु. ६ करोड ३० लाख, ५० मिटर लामो नाम्डोक खोला पुलको लागत रु. ६ करोड ३७ लाख र ८० मिटर लम्बाइको भर्मा खोला पुलको लागत रु. ६ करोड ८५ लाख रहेको छ ।

वि.स. २०७४ मा शुरु भएको २०२ किलोमिटर दुरीको बेनी–जोमसोम –कोरला सडक आयोजना मार्फत १३ वटा पक्कि पुल र ३ वटा बेलिब्रिज निर्माण सकिएका छन् । म्याग्दीको राहुघाटमा ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको लेतेमा ४० मिटर, स्याङ खोलामा ११५ मिटर, पाण्डाखोलामा ५० मिटर लामो पुल निर्माण भएको हो ।

पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले म्याग्दीको महभिरमा ८०, पोखरेबगर र बेगखोलामा ७०÷७० मिटर लामो पुल निर्माण गरेको छ । छुसाङको मुस्ताङ गेट स्थित कालीगण्डकी नदीमा डोलिडारले ७७ दशमलब २ मिटर र जोमसोम स्थित कालिगण्डकी नदीमा तत्कालीन मुस्ताङ जिबिसले ४६ मिटर लामो पुल बनाएको थियो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से, बेनी–बगरफाँट जोड्ने कालीगण्डकी र अन्नपूर्ण गाउँपालिकाको भुरुङ्गखोलामा बेलिब्रिज निर्माण भएको हो । थासाङ गाउँपालिकाको सेतो खोलामा मोटरेबल पुल निर्माण थालिएको छ । ७ ठाउँमा मोटरेबल पुल निर्माणाधिन छन् ।

थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको छ । पर्वतको मालढुुङ्गा देखि म्याग्दी हुदै मुुस्ताङ स्थित चीनको सिमाना कोरला नाका जोड्ने सडक दुुई लेनको कालोपत्र र ग्राभेल बनाउन वि.स. २०७३÷०७४ देखि शुुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख धु्रब झाले बताउनुभयो ।

६ वटा खण्डमा ८५ किलोमिटर ग्राभेल र ३ वटा खण्डको २२ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ । सडकले पुर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत, पर्यटन र धार्मीक स्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...