आरोहण टोली अन्नपूर्णतर्फ

Gandaki Pardesh notice

बेनी ः म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि पर्वतारोहीको टोली आउन थालेका छन् ।

बसन्त याममा आठ हजार ९१ मिटर अन्नपूर्ण हिमाल आरोहणका लागि आएका ४ जना आरोही सहितको टोली मंगलबार आधार शिविर पुगेको छ । जङ्गे अल्टीच्युड मार्फत आएका उनिहरु म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट हेलिकप्टर चढेर आधार शिविर गएका स्थानीय पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।

“यो सिजनको पहिलो टोली आधार शिविर पुगेको छ,” उहाँले भन्नुभयो “म्याग्दीमा रहेको धवलागिरी हिमाल चढ्ने टोली पनि केही दिनमा आउदैछन् ।” अस्टे«लीया, स्विजरल्याण्ड, बेलायत र युक्रेनका १÷१ जना आरोहीहरु शेर्पा र सहयोगीहरुको टोली सहित आधार शिविर पुगेका हुन् ।

Shreekrishna hardwear in news

अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । गत बसन्त याममा ५ समूहका ५४ जनाले अन्नपूर्ण हिमाल आरोहणको अनुमति लिएका थिए । शरदयाममा भने कसैले पनि अन्नपूर्ण आरोहण गर्ने अनुमति नलिएका पर्यटन विभागले जनाएको छ ।

Bhautik ministry notice about road

यसपाली अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने तयारी गर्नुभएको छ । सन् २०२६ भित्र बिनाअक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने एलीको लक्ष्य रहेको छ ।

सेभेन समिट ट्रेक्समार्फत बिनाअक्सिजन अन्नपूर्ण हिमालको आरोहण गर्न लागेकी पेपरले सन् २००७ मा तिब्बतको माउन्ट चोयु हिमाल बिनाअक्सिजन आरोहण गर्नुभएको थियो । पेपरले सन् २०२३ को जुलाई १५ मा ब्रोडपिक र सन् २०२३ को सेप्टेम्बर २८ मा मनास्लु हिमालको सफल आरोहण गर्नुभएको थियो ।

विश्वमा हालसम्म ६ जना आरोहीले मात्र बिनाअक्सिजन आठ हजार मिटरभन्दा अग्ला १४ हिमालको सफल आरोहण गरिसकेकी छन् । फ्रान्सेली नागरिक मौरिस हर्गोजले सन १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमालको पहिलो पटक आरोहण गरेका थिए । अन्नपूर्ण ८ हजार मिटर भन्दा अग्लो पहिलो मानव पाइला परेको जेठो हिमाल हो ।

बि.स २०६८ मा नारच्याङका अगुवाहरुले पहिचान गरेको नारच्याङ–अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग प्रथम आरोही मौरिजको नाममा नामाकरण गरिएको छ । नारच्याङबाट दोस्रो दिनमै आधार शिविर पुग्न सकिन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...