रत्नेचौर र अर्जममा आँखा शिविर

Gandaki Pardesh notice

बेनी, ६ चैत । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर र अर्जममा मंगलबार निःशूल्क आँखा शिविर सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी रत्नेचौर उपशाखाको आयोजना र नेपाल नेत्रज्योती संघद्धारा बेनीमा सञ्चालित आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा एकै दिन फरक फरक समयमा शिविर सञ्चालन गरिएको हो । दुई वटै ठाउँमा ११४ जना पुरुष र १६७ जना महिला गरि २८१ जनाको आँखा परिक्षण गरिएको नेत्र ज्योती संघको आँखा उपचार केन्द्रका नेत्र अधिकृत दिनेश बानियाले बताउनुभयो ।

Bhautik ministry notice about road

५ जना महिला र १ जना पुरुषमा मोतियाबिन्दुको समस्या पहिचान भएको छ । उनिहरुलाई बेनीमा आयोजना गरिने निःशूल्क मोतियाबिन्दुको शल्यक्रिया शिविरमा उपचारको व्यवस्था मिलाइने रेडक्रस सोसाइटी रत्नेचौर उपशाखाका अध्यक्ष टेकबहादुर रावलले बताउनुभयो ।

Shreekrishna hardwear in news

कार्यक्रममा बेनी नगरपालिका–१ का वडा अध्यक्ष टेकबहादुर थापा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र नेत्रज्योती संघका अध्यक्ष अमर बानियाले अन्धोपन निवारण र मोतियाबिन्दुका बिरामी पहिचान गर्न ग्रामिण क्षेत्रमा आयोजना हुने आँखा शिविर प्रभावकारी बनेको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...