चुड्का संरक्षणमा म्याग्देली कलाकार

Gandaki Pardesh notice

बेनी, । प्राचिन संस्कृति र परम्परासँग गासिएको मौलिक लोक भजन चुड्का संरक्षणका लागि म्याग्दीका कलाकारहरु अग्रसर भएका छन्् ।

राष्ट्रिय लोकभजन चुड्का (संस्कृति) संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति म्याग्दीले पालिका र वडा स्तरमा चुड्का संरक्षण अभियानलाई तिब्रता दिएको छ ।

प्रतिष्ठानको मंगलबार बेनीमा भएको प्रथम साधारणसभाले म्याग्दीका सबै पालिका र वडाका चुड्का भजन गाउने कलाकारलाई संगठित गर्ने, नयाँ पुस्तालाई मौलिक सिप हस्तान्तरण र जागरण ल्याउन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ ।

Shreekrishna hardwear in news

प्रतिष्ठानका सहसचिव देवेन्द्र घिमिरेले हाल बेनी नगरपालिका, अन्नपूर्ण र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको १, २, ३, ६, ७, ८ र ९ नम्बर वडामा चुड्का संरक्षण समिति गठन भएको जानकारी दिनुभयो ।

रघुगंगा, मालिका र धवलागिरी गाउँपालिका र वडामा रहेका चुड्का भजन गाउने कलाकारहरुलाई संगठित गरेर जिल्ला स्तरीय चुड्का भजन प्रतियोगिता आयोजना गर्ने निर्णय भएको सहसचिव घिमिरेले बताउनुभयो ।

Bhautik ministry notice about road

प्रतिष्ठानका अध्यक्ष नेत्रबहादुर महतले पुराना पुस्ताका कलाकारको निधनसँगै नयाँ पुस्तामा ज्ञान, सिप र कला हस्तान्तरण नुहँदा लोप हुने अवस्थामा पुगेको चुड्का संरक्षणमा जुटेको बताउनुभयो । नयाँ पुस्ताका युवाहरुलाई चुड्का गाउने र बाद्यबाधनका सामग्री बजाउने तालिम दिन स्थानीय तह तथा राज्यका निकायहरुमा पहल गरिएको अध्यक्ष मतहले बताउनुभयो ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले मौलिक लोक संस्कृति संरक्षणका लागि नयाँ पुस्तालाई सिप हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । “पश्चिमा संस्कृतिका बढ्दो प्रभावले लोप हुने अवस्थामा पुगेका हाम्रा मौलिक संस्कृति बचाउन नयाँ पुस्तालाई सिकाउन जरुरी छ,” उहाँले भन्नुभयो “मौलिक कला र संस्कृतिको संरक्षण गर्न नगरपालिकाले अवस्य पनि साथ दिनेछ् ।”

चुड्का भजन पछिल्लो समय मठ, मन्दिर, पूजापाठ र कर्मकाण्डमा खुम्चिएको छ । जेष्ठ नागरिकहरुमा रहेको चुड्का गाउने कला र सिप नयाँ पुस्तामा हस्तान्तरण हुन सकेको छैन् ।


समाज आधुनिक बन्दै जाँदा भजन जस्ता परम्परागत गीत, कला र संस्कृति हराउन थालेको छ ।
भजनले मानिसलाई आत्मिक शान्ति दिने र सत्मार्गमा लाग्न प्रेरित गर्ने बेनीका बलाराम शर्माले बताउनुभयो । इश्वरीय कथा, गाथा, भगवानको गुणगान र वर्णन गरेर भजन गाउने छ । लोकभजनमा बढीजसो ईश्वरीय महिमा र पौराणिक कथा अभिव्यक्त गरिने प्रतिष्ठानका गण्डकी प्रदेश महासचिव लेखनाथ तिवारीले बताउनुभयो । भजनमा गायनसँगै भगवान् शिव, कृष्ण चरित्रदेखि रामायण, महाभारत आदिका कथाभावलाई अभिनयमा उतार्ने गरेका छन् ।

धर्म, सभ्यता र संस्कृतिसँगै सामाजिक विषयलाई समेत उठान गरेर भजन गाउने चलन छ । मौलिक संस्कृतिको ज्ञान र शिल्प नयाँ पुस्तामाझ पु¥याउन तालिम, प्रशिक्षण र प्रतियोगिताले सहयोग पु¥याउने प्रतिष्ठानका गण्डकी प्रदेश अध्यक्ष बसन्त बास्तोलाले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...