राष्ट्रिय सौन्दर्यकर्मी युनियन बेनी नगरमा सोनिया

Gandaki Pardesh notice

बेनी, । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बेनी नगरपालिका समितिको अध्यक्षमा सोनिया राई निर्वाचित हुनुभएको छ ।

मंगलबार बेनीमा सम्पन्न भएको प्रथम भेलाले बेनीको लाईट स्टार व्युटि पार्लरका संचालक समेत रहनुभएकी राईको नेतृत्वमा १९ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो । समितिको उपाध्यक्षमा हेमा छन्त्याल, सचिवमा याम कुमारी विश्वकर्मा, सहसचिवमा विन्दु विश्वकर्मा (खाती) चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा निर्मला वानियाँ, रमिला वरुवाल, सपना विश्वकर्मा, सुनिता सापकोटा, शुशिला किसान, कमला सुवेदी, करिस्मा कार्की, सोनिया विश्वकर्मा, मिना जिसी, दिपा पूर्जा, वसन्ती विश्वकर्मा, सजिना विश्वकर्मा, अरुणा फगामी, सम्झना विश्वकर्मा र शुस्मा विश्वकर्मा चयन हुनुभएको छ ।

Shreekrishna hardwear in news

भेलाको उद्घाटन गर्दै राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका केन्द्रिय अध्यक्ष अन्जु गुरुङले सौन्दर्यकर्मीहरुले प्रविधिको समेत प्रयोग गरि पेसालाई दिगोपना बनाउन आवश्यक रहेको बताउनुभयो ।

Bhautik ministry notice about road

‘हिजो सौन्दर्य पेसा अंगालेका महिलाहरुलाई समाजले नराम्रो नजरले हेर्ने गर्दथ्यो,’ उहाँले भन्नुभयो ‘आजको समाजले सौन्दर्यकर्मीहरुलाई सम्मान गर्न सिकेको छ, यो हामी एकहुँदा मात्र सम्भव भएको हो ।’

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका गण्डकी प्रदेश अध्यक्ष कमला पौडेल, जिफन्ट म्याग्दीका अध्यक्ष राजकुमार राई, जिफन्ट पर्वतका अध्यक्ष खगेश्वरी शर्मा, जिफन्ट बेनी नगरका अध्यक्ष लंकमान तामाङ, युनियनका निवर्तमान आर्थिक सचिव माया खोर्जा गुरुङ, पर्वत नगर अध्यक्ष कविता पुन, बाग्लुङ नगर अध्यक्ष चन्द्रकला छन्त्याल लामा, अनेरास्ववियुका केन्द्रिय सदस्य दिपा शर्मा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा लाइट स्टार व्युटि पार्लरबाट संचालित ६ महिने सौन्दर्यकला सम्वन्धी क्षमताविकास तालिमको समापन समेत गरिएको थियो । तालिममा सहभागी २१ जनालाई कार्यक्रमका प्रमुख अतिथि गुरुङ र प्रशिक्षक लाईट स्टारका संचालिका सोनिया राईले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

उक्त तालिम ५० प्रतिशत छुटमा संचालन गरिएको र विपन्न परिवारका दुई जनालाई निशुल्क रुपमा तालिम प्रदान गरिएको प्रशिक्षक राईले बताउनुभयो । कार्यक्रममा तालिममा सहभागिहरुले प्रशिक्षक राईलाई सम्मान सहित मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रम सोनया राईको अध्यक्षता, करिस्मा कार्कीको स्वागत र एन्जल पुनको संचालनमा सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...