अन्नपूर्णको नेपानेमा जिप दुर्घटनामा २ जनाको ज्यान गयो

Gandaki Pardesh notice

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ नेपानेमा गएराती भएको जिप दुर्घटनामा २ जनाको ज्यान गएको छ ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि पाउद्धार जादै गरेको ग १ ज ७६५३ नम्बरको जिप नेपाने नजिकैको भिरबाट खसेर दुर्घटना भएको हो ।

घटनास्थलमा सवारी धनी÷ चालक अन्दाजी ३७ वर्षका गणेश श्रेष्ठ र पाउद्धारका अन्दाजी २७ वर्षीय लालबहादुर तिलिजाको शव भेटिएको अन्नपूर्ण गाउँपालिका–५ का वडा सदस्य पूर्ण पाइजाले जानकारी दिए । प्रहरीले औपचारिक रुपमा घटना र मृतकको पुष्टि गर्न बाँकी छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सडक देखि करिब २०० मिटर तल भिरको खोचमा दुर्घटनाग्रस्त अवस्थामा रहेको गाडीको छेउछाउमा सोमबार बिहान २ जनाको शव भेटिएको उनले बताए ।

‘हिजो राती पोखरेबगरबाट छुटेको जिप पाउद्धार नपुगेको खबर आएपछि खोज्ने क्रममा सोमबार बिहान ८ बजेतिर भिरमा अड्किएको जिपको छेउमा २ जनाको शव भेटिएपछि प्रहरीलाई खबर गरेका थियौ,’ उनले भने ‘प्रहरी टोली केही बेर अघि घटनास्थलमा आएर शव संकलन तथा अनुसन्धान थालेको छ ।’

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले घारा र भुरुङ्ग तातोपानीबाट प्रहरीको टोली घटनास्थल पुगेर शव संकलन, पहिचान र अनुसन्धान थालेको बताए । मुस्ताङको घाँसा घर भएका सवारी धनी श्रेष्ठको पाउद्धारमा रहेको माइतीमा बस्दै आएका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...