रिसिनचौतारीमा निर्माण भएको पदमार्गको आम्दानी खर्च सार्वजनिक

Gandaki Pardesh notice

राकेश शर्मा
रिसिन चौतारी, । म्याग्दीको रघुगंगा गाउँपालिका– २ रिसिनचौतारीका युवाहरुले श्रमदान र रु. १५ लाख सहयोग जुटाएर २ किलोमिटर पक्कि पदमार्ग निर्माण गरेका छन् ।

बेनी–जोमसोम सडक अन्र्तगत सिरुवारी आर्यघाट देखि रिसिन चौतारी सम्म निर्माण भएको पैदलमार्गलाई विस्तार गरेर चौर– भिरपाटा हुदै सिरसिरे डाडामा रहेको वडा कार्यालय जोड्ने लक्ष्य राखिएको छ ।

पदमार्ग निर्माणमा सहयोग गर्नेहरुलाई शनिबार आयोजित सम्मान कार्यक्रममा आयब्यय विवरण सार्वजनिक गरिएको छ । पदमार्ग निर्माण समितिका कोषाध्यक्ष शिवध्वज कार्कीले रु. १५ लाख २७ हजार ३३३ सहयोग संकलन भएको र रु. १४ लाख ७७ हजार ३३३ खर्च भई रु पचास हजार समितिको खातामा बचत भएको जानकारी गराउनुभयो ।

Shreekrishna hardwear in news

कार्यक्रममा रघुगंगा गाऊँपालिका–२ का वडा अध्यक्ष अमृत भण्डारीले गाउँको विकासमा सरकारी बजेट मात्र ताकेर बस्नेहरुका लागि पदमार्ग निर्माण खटिएका युवाहरु उदाहरण बनेको बताउनुभयो ।

Bhautik ministry notice about road

उक्त पदमार्गलाई वडा कार्यालय संग जोड्नका लागि तथा सिरुवारीमा थप पूर्वाधार निर्माण गर्नका लागि यसै आर्थिक बर्षमा रु १० लाख बजेट व्यवस्थापन गरेको बताउनुभयो । जिल्ला समन्वय समिति म्याग्दीका पूर्व प्रमुख देबेन्द्र बहादुर केसीले समाज परिर्वतनमा युवाहरुको भूमिका महत्वपूर्ण रहने भन्दै गाउँमा हुने विकासमा यसरी हातेमालो गर्दै अग्रसर हुन आग्रह गर्नुभयो । उहाँले यस्ता कामहरु अन्य गाउँ र समुदायका लागि पनि उदाहरण हुने बताउनुभयो ।

पदमार्ग निर्माण समितिका अध्यक्ष सागर केसीले दिवङ्गत भएका व्यक्तिलाई कालीगण्डकी नदीको घाटसम्म पु¥याउन प्रयोग हुने यस पदमार्गले सहज भएको बताउनुभयो । ‘स्वदेशमा हुनेले श्रमदान गर्नुभएको छ भने विदेशमा हुने गाउँलेले नगद सहयोग गर्नुभयो’ केसीले भन्नुभयो । गाउँको भेलाबाट पक्की पदमार्ग निर्माण गर्नका लागि प्रत्येक घरबाट कम्तिमा पाँच दिनसम्म श्रमदान गर्नुपर्ने नियम बनाईएको थियो ।

कार्यक्रमका अबसरमा पदमार्ण निर्माण गर्नका लागि आर्थिक सहयोग गर्ने सहयोगदाता र पदमार्ग निर्माण कार्यमा ४० दिन सम्म श्रमदान गर्ने व्यक्तीलाई सम्मान गरिएको थियो । उक्त पदमार्ग निर्माण कार्य नमुना भएको र समयमा पार्दशी तरीकाले समयमा नै काम सम्पन्न भन्दै निर्माण समितिलाई वडा कार्यालयले दोसल्ला र सम्मान पत्रले सम्मान गरेको थियो ।
आयव्यय सार्वजनिक कार्यक्रममा स्थानीयले आफुलाई लागेका गुनासो र सुझावहरु राखेका थिए । कार्यक्रम केसीको अध्यक्षता मनबहादुर केसीको संचालन र समितिका कोषाध्यक्ष कार्कीको स्वागतमा सम्पन्न भएको कार्यक्रममा पत्रकार अमित विश्वकर्मा र राकेश शर्माले सहजिकरण गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...