प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष थप १६ किलोमिटर पक्कि सडक निर्माण हुदै

Gandaki Pardesh notice

बेनी, गण्डकी प्रदेश सरकार मार्फत म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८०÷०८१ मा थप १६ किलोमिटर भन्दा बढी सडक कालोपत्र गर्ने आयोजना सञ्चालन भएको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्र्तगतको पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेका बहुबर्षीय र सालबसाली आयोजना मार्फत १६.२ किलोमिटर सडक कालोपत्र÷आर.सि.सि र पि.सि.सि ढलान गर्न लागिएको हो ।

कार्यालयका प्रमुख बिष्णुप्रसाद पौडेलले ६ किलोमिटर ग्राभेल, १० किलोमिटर नयाँ मार्ग खोल्ने, १५ किलोमिटर सडक विस्तार, ४ किलोमिटर नाली निर्माण, दश हजार घनमिटर टेवा पर्खाल निर्माण गर्न आयोजना सञ्चालन भएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

सडक निर्माण, स्तरोन्नति, कालोपत्र, झोलुङ्गे र सडक पुल सम्बन्धी नयाँ ७० वटा योजना रहेकोमा ११ वटा आयोजना बहुबर्षीयका लागि स्रोत सुनिश्चितता गर्न सिफारिस भएकोमा ४ वटा ठेक्काको मूल्याङकनको चरणमा रहेको छ ।

सालबसाली २३ वटा योजनाको ठेक्का र १३ वटा उपभोक्ता समिति मार्फत कार्यान्वयन भइसकेका छन् । ७ वटा सालबसाली योजना सम्पन्न भइसकेका छन् । ४ वटा आयोजनाको ठेक्का सम्झौताको तयारी भएको छ । यसअघि ठेक्का सम्झौता भएका १३ वटा आयोजना चालु रहेका छन् ।

Bhautik ministry notice about road

चालु आर्थिक वर्षमा कुल रु. ७१ करोड ३७ लाख बजेट बिनियोजन भएको कार्यालयले हालसम्म रु. ८ करोड ९३ लाख ४३ हजार अथवा १२.५१ प्रतिशत बजेट खर्च गरेको छ । गत आर्थिक वर्षमा १३.२८ किलोमिटर पक्कि सडक, ७.२ किलोमिटर ग्राभेल, २३.२७५ किलोमिटर माटे सडक निर्माण भएको थियो ।

यस वर्ष ५.६ किलोमिटर दुरीको गलेश्वर–पिप्ले–भगवति सडक कालोपत्र र दरवाङ–धारापानी सडकको ६ किलोमिटर ६०० मिटर ग्राभेल सकिएको छ । बेनी–दरवाङ सडकको सिम–लाम्पाटा खण्ड र लाम्पाटा–ढाडखर्क खण्डमा करिब ९ किलोमिटर कालोपत्र गर्ने तयारी भएको छ ।

रु. २० करोड लागत अनुमान गरिएको बेनी–पाखापानी, रु. २५ करोड लागत अनुमान गरिएको धारापानी–ताकम–शिवाङ कालोपत्र गर्न आव्हान गरिएको ठेक्का प्रस्ताव मूल्याङ्कनको चरणमा छ । बेनी–भकिम्ली र पखेर–बरंजा सडक स्तरोन्नतिका लागि रु. दश÷दश करोड बजेटको आयोजनाको ठेक्का आव्हान भएको छ ।

अदिभारा–डाडागाउँ सडकलाई रु. दश करोड र दरवाङ–बिम सडक कालोपत्र गर्न रु. २५ करोडको बहुबर्षीय ठेक्का लगाउन स्रोत सुनिश्चितता भइसकेको निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले बताउनुभयो ।

अदिभारा र अर्चेखोलामा २५÷२५ मिटर लामो मोटरेबल पुल निर्माणाधिन अवस्थामा रहेका छन् । अर्गला र छ्यारछ्यारेमा मोटरेबल पुल निर्माण सकिएको र भारवाङघाटमा मोटरेबल पुल निर्माणको अन्तिम चरणमा रहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...