अन्नपूर्ण आधार शिविरको एकिकृत पर्यटन गुरुयोजना निर्माणका लागि अध्ययन

Gandaki Pardesh notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा पर्यटन विकासमा लागि एकीकृत गुरुयोजना निर्माण गर्न अध्ययन थालिएको छ ।

अन्नपूर्ण प्रथम आधार शिविर र पदमार्ग क्षेत्रमा व्यवस्थित पूर्वाधार निर्माणका लागि अन्नपूर्ण गाउँपालिकाले एकीकृत गुरुयोजना बनाउन अध्ययन थालिएको हो । सर्वेक्षक, स्टक्ट्रचरल इन्जिनियर, पर्यटनकमी, भूगर्भविद्, वातावरणविद्, जनप्रतिनिधि र कर्मचारीसमेतको टोलीले स्थलगत अवलोकन, निरिक्षण गरेर गुरुयोजनाको प्रारम्भिक काम सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत सुवेदीको नेतृत्वमा गएको टोलीले तीन दिन लगाएर गुरुयोजनाको लागि स्थलगत अध्ययन सकेर प्रतिवेदन तयार गर्ने तयारीमा रहेको गाउँपालिकाले जनाएको छ । एकीकृत गुरुयोजनामा आधार शिविरमा रहेको पञ्चकुण्ड ताल परिसर र भुसकेटमेलामा लज निर्माण गर्ने योजना समेटीएको छ । चालु आर्थिक बर्षमा गाउँपालिकाले विनियोजन गरेको रु ५० लाख बजेटबाट लजको पूर्वाधार बनाउन सुरु गरिने भएको छ । गाउँपालिकाले अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रको पर्यटन पूर्वाधार निर्माणलाई व्यवस्थित र योजनाबद्ध गर्नका लागि एकीकृत गुरुयोजना बनाएर अघि बढ्न लागेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

‘‘गुरुयोजनामा समेटिएका पूर्वाधारहरुलाई गाउँपालिका, प्रदेश र संघीय सरकार तथा पर्यटन बोर्ड लगायतका निकायसँग साझेदारी र सहकार्य गरेर निर्माण गर्ने योजना बनाएका छौँ,” उहाँले भन्नुभयो “यो बर्ष लज निर्माण भएपछि आधार शिविरमा खाना बस्नको सुविधा पुग्छ ।’’ गुरुयोजनामा ताल परिसरमा रहेको मन्दिरको व्यवस्थापन गर्ने, अन्नपूर्ण हिमालको पहिलो आरोही मौरीस हर्जोगको सालिक स्थापना गर्ने, सौचालय र खानेपानीको सुविधा पु¥याउने, आरोहीहरुको सुविधाका लागि गोदाम घर बनाउने योजना समेत अध्ययन गरिएको छ ।

Bhautik ministry notice about road

त्यसैगरि पदमार्ग अन्तरगत सुनखोलामा आश्रयस्थल थप गर्ने, गुफाफाँट र साँधिखर्कमा रहेको आश्रयस्थलको क्षमता विस्तार गरि खानेपानी, शौचालय लगायतका पूर्वाधार थप गर्ने, सबै आश्रयस्थलमा सोलार सुविधा पु¥याउने योजना बनाइएको छ । गुरुयोजनामा पदमार्गको आकर्षणको रुपमा रहेको फुतफुते झरनालाई व्यवस्थित गर्ने, झरनाको पानी बगेर जाने खोलामा आर्क प्रविधिको पुल बनाउने, झरना परिसरमा रक गार्डेन बनाउने र कफि सप सञ्चालनको लागि पूर्वाधार बनाउने योजनालाई समावेश गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।

गुरुयोजनामा नारच्याङमा पर्यटन सूचना केन्द्र बनाउने, प्रवेशद्धारलाई पर्यटक प्रवेशद्धारको रुपमा व्यवस्थित गर्ने योजनालाई समेत समावेस गरिएको छ भने हुमखोला, साँधिखर्क र भुस्केटमेलाको झोलुङ्गे पुललाई व्यवस्थित गर्ने, सुनखोला र नजीकैको खहरेमा समेत पूर्वाधार निर्माण गर्ने, आकासे गुफाको पहिरो रोकथाम र नियन्त्रण गर्ने योजनालाई समेत समावेश गरिएको छ । गाउँपालिकालाई पर्यटन बोर्डले समेत रु. तीन करोड बराबरको पर्यटन पूर्वाधारका योजना माग गरेकाले यसै पदमार्गका पर्यटन पूर्वाधारका योजनालाई नै सिफारिस गर्ने गाउँपालिकाले जनाएको छ ।

अन्नपूर्ण हिमालको आधार शिविर पुग्ने पदमार्ग र आधार शिविर क्षेत्रको पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको गउाँपालिकाले नारच्याङमा घरबास र पर्यटक पथप्रदर्शक तालिम समेत सञ्चालन गर्ने तयारी गरेको गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताउनुभयो । एकीकृत गुरुयोजना निर्माण गर्न गाउँपालिकाले यस बर्ष रु १५ लाख बजेट विनियोजन गरेको थियो । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको नर्थ आधार शिविर पुग्न नारच्याङ गाउँदेखि मौरिस हर्जोग पदमार्ग सञ्चालमा छ ।

सन १९५० जुन ३ तारिकका दिन अन्नपूर्ण प्रथममा पहिलो मानव पाईला परेको थियो । फ्रान्सेली हिमाल आरोही मौरिस हर्जोग र लुइस लचेनलले अन्नपूर्ण प्रथम हिमालमा पहिलो आरोहण गरेर इतिहास रचेका थिए । हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै वि.स. २०६८ मा ‘मौरिज हर्जोग पदमार्ग’को पहिचान गरिएको थियो । नारच्याङदेखि अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्नका लागि हुमखोला सम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको कार्यवाहक वडा अध्यक्ष श्याम पुर्जाले बताउनुभयो ।

हुमखोलादेखि आधार शिविरसम्मको १६ किलोमिटर दुरीमा ८ किलोमिटर व्यवस्थित पदमार्ग निर्माण भएको छ भने पाँच किलोमिटर पदमार्ग मर्मत र तीन किलोमिटर पदमार्ग नयाँ निर्माण गर्नुपर्ने मौरिज हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले बताउनुभयो । सडक र पदमार्गका पूर्वाधार बनेर यात्राअवधि छोटिएको भएपनि पर्यटकहरुको सुविधाको लागि होटल, लज, खानेपानी, शौचालय लगायतको सुविधा नभएपछि गाउँपालिकाले एकिकृत गुरुयोजना बनाएर पूर्वाधार निर्माणमा जुटेको गाउँपालिका अध्यक्ष पुनको भनाई रहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...